नेकपा (एमाले) पोखरा वडा नं. ७ कमिटीको शनिवार भएको दोस्रो वडा अधिवेशनले अनिल कुमार शाहीको अध्यक्षतामा ३३ सदस्यीय नयाँ कमिटी चयन गरेको छ ।
वडा कमिटीको उपाध्यक्षमा दिपक कार्की, सचिवमा अर्जुन थापा, उपसचिवमा राम राज अधिकारी र दुर्गा पराजुली बराल सर्वसम्मत चयन भएका छन् ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य भीम कार्कीले अधिवेशनको उद्घाटन गर्दै कम्युनिष्ट पार्टीमा वडाको अधिवेशनको महत्वपूर्ण भूमिका रहने बताए । उनले वडा पार्टीको जग भएको बताए । उनले भने, ‘वडा कमिटीले यहाँको विकासको कामको अगुवाइ गर्नुपर्छ ।’
कार्यक्रममा वडाको विगतदेखि वर्तमानसम्मको ईतिहास समेटेर वडा दर्पणको विमोचन विमल बरालले गरेका थिए भने कार्यक्रममा पार्टीलाई सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।
सो अवसरमा नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद् सदस्य सृजना शर्मा, केन्दिय विभाग सदस्य चिरञ्जीवी पोख्रेल, प्रदेश कमिटी सदस्य विमल बराल, जिल्ला सदस्य एवम् वडा ईन्चार्ज पुरूषोत्तम रेग्मी, पोखरा महानगर कमिटी अध्यक्ष जीवन आचार्यलगायतले बोलेका थिए ।
पोखरा वडा नं. ७ कमिटी अध्यक्ष किशोर बरालको अध्यक्षतामा भएको कार्यक्रममा कमला जलारीले स्वागत र सञ्चालन दीपक कार्कीले गरेका थिए ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ