पोखरा सार्वजनिक पुस्तकालयमा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल पुस्तकालय संघ गण्डकी प्रदेश र पोखरा सार्वजनिक पुस्तकालय अमेरिकन कर्नर पोखराद्वारा संयुक्त रूपमा तालिम सम्पन्न भएको हो ।
तालिममा पोखरास्थित विभिन्न विश्वविद्यालय, क्याम्पस, विद्यालय, हस्पिटल र सरकारी निकायका पुस्तकालयमा कार्यरत कर्मचारीहरू र अन्य गरी करिब ५० जनाको सहभागिता थियो ।
पुस्तकालयमा विद्युतीय स्रोत सामग्रीहरूको खोजी तथा तिनको व्यवस्थापन सम्बन्धी विषयमा केन्द्रित तालिममा विभिन्न वेबसाइट, डाटाबेसलगायतका आधिकारिक स्रोतहरूबाट आवश्यकता अनुसारका पुस्तक, जर्नल, शोधपत्र, अनुसन्धानात्मक लेखरचना लगायतका विद्युतीय सामग्रीहरू प्राप्त गर्ने तरिका, संस्थागत दर्ता गर्ने विधि र पुस्तकालय अटोमेसनबारे पुस्तकालय विज्ञहरू मीनकुमारी डल्लाकोटी, दुर्गाप्रसाद आचार्य, किशोर सुवेदी र सूर्य क्षेत्रीले सहजीकरण गरेका थिए ।
तालिमको समापनका अवसरमा पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा. डा. विश्व श्रेष्ठले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै ई–लाइब्रेरीको प्रयोग र व्यवस्थापनजस्तो गहन विषयको तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै यस प्रकारका तालिम र कार्यशालाहरू नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको बताए । नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशकी अध्यक्ष मीनकुमारी डल्लाकोटीले समसामयिक विषयकेन्द्रित तालिम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस प्रकारका थप कार्यक्रमहरू गर्ने बताइन् ।
कार्यक्रमको समापनमा सहभागीहरूको तर्फबाट ध्रुव केसी र धनुमाया पहारीले आ–आफ्ना अनुभवहरू राख्दै तालिम अत्यन्तै उपयोगी, समसामयिक एवम् सान्दर्भिक रहेको धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशका सचिव शभुवन ढकालले गरेका थिए ।
सम्बन्धित खबर
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’