पोखरा सार्वजनिक पुस्तकालयमा ई–लाइब्रेरी सम्बन्धी तालिम सम्पन्न भएको छ । नेपाल पुस्तकालय संघ गण्डकी प्रदेश र पोखरा सार्वजनिक पुस्तकालय अमेरिकन कर्नर पोखराद्वारा संयुक्त रूपमा तालिम सम्पन्न भएको हो ।
तालिममा पोखरास्थित विभिन्न विश्वविद्यालय, क्याम्पस, विद्यालय, हस्पिटल र सरकारी निकायका पुस्तकालयमा कार्यरत कर्मचारीहरू र अन्य गरी करिब ५० जनाको सहभागिता थियो ।
पुस्तकालयमा विद्युतीय स्रोत सामग्रीहरूको खोजी तथा तिनको व्यवस्थापन सम्बन्धी विषयमा केन्द्रित तालिममा विभिन्न वेबसाइट, डाटाबेसलगायतका आधिकारिक स्रोतहरूबाट आवश्यकता अनुसारका पुस्तक, जर्नल, शोधपत्र, अनुसन्धानात्मक लेखरचना लगायतका विद्युतीय सामग्रीहरू प्राप्त गर्ने तरिका, संस्थागत दर्ता गर्ने विधि र पुस्तकालय अटोमेसनबारे पुस्तकालय विज्ञहरू मीनकुमारी डल्लाकोटी, दुर्गाप्रसाद आचार्य, किशोर सुवेदी र सूर्य क्षेत्रीले सहजीकरण गरेका थिए ।
तालिमको समापनका अवसरमा पोखरा सार्वजनिक पुस्तकालयका अध्यक्ष प्रा. डा. विश्व श्रेष्ठले सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्दै ई–लाइब्रेरीको प्रयोग र व्यवस्थापनजस्तो गहन विषयको तालिम उपयोगी हुने विश्वास व्यक्त गर्दै यस प्रकारका तालिम र कार्यशालाहरू नियमित रूपमा सञ्चालन गर्ने योजना रहेको बताए । नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशकी अध्यक्ष मीनकुमारी डल्लाकोटीले समसामयिक विषयकेन्द्रित तालिम सञ्चालन गर्न पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा यस प्रकारका थप कार्यक्रमहरू गर्ने बताइन् ।
कार्यक्रमको समापनमा सहभागीहरूको तर्फबाट ध्रुव केसी र धनुमाया पहारीले आ–आफ्ना अनुभवहरू राख्दै तालिम अत्यन्तै उपयोगी, समसामयिक एवम् सान्दर्भिक रहेको धारणा राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन नेपाल पुस्तकालय संघ गण्डकी प्रदेशका सचिव शभुवन ढकालले गरेका थिए ।
सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन