पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले वृद्धवृद्धा सम्मान, खाजा, खाद्यान्न तथा नगद सहयोग गरेको छ ।
विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विद्यालयले स्थानिय भण्डारीढिकको शिवेश्वर धर्म सनातन समितिमा दिवा सेवा रहेका ३७ जना वृद्धवृद्धालाई सम्मान, खाजा खाद्यान्न तथा नगद सहयोग गरेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि शिवेश्वर मन्दिर सञ्चालक समितिका अध्यक्ष देवमणि भण्डारीले विद्यालयको सहयोगले मन्दिरमा रहेका वृद्धवृद्धालाई भोजन गराउन सहयोग पुगेको बताउँदै आगमि दिनमा पनि यस्तै सहयोगको अपेक्षा गरे ।
कार्यक्रममा विद्यालयका संयोजक जनक जमरकट्टेल, परीक्षा संयोजक प्रेम सुवेदीले पनि बोलेका थिए ।
विद्यालयले विविध कार्यक्रमको आयोजना गरी यस वर्ष रजत जयन्ती मनाउन लागेको हो । विद्यालयले माघ १९ गते भव्य कार्यक्रमको आयोजना गरी रजत जयन्ती कार्यक्रम समापन गर्दै छ ।
रजत जयन्तीको अवसरमा वृक्षारोपण, चित्रकला, वृद्धाश्रम अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सास्कृति कार्यक्रम गरिने न्यौपानेले जानकारी दिए । यसै सन्दर्भमा विद्यालयले माघ १८ गते वृहत स्वास्थ्य शिविरको अयोजना गर्न लागेको न्यौपानेले जानकारी दिए ।
रजत जयन्तीको अवसरमा विद्यालयले यसअघि जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियिोगिता सम्पन्न गरेको छ । स्थापनाको २५ वर्षको उपलक्ष्यमा आयोजित प्रतियोगितामा २४ विद्यालयका ४७ जना तथा विद्यालयको आन्तरिक तर्फ ४६ जनाको सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सन्तोष कुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले स्वागत र भाईस प्रिन्सिपल अनिता तिमिल्सिनाले कार्यक्रम सञ्चालन गरेकी थिइन् । २०५६ सालमा स्थापना भएको विद्यालयमा हाल ५ सय विद्यार्थी र ४२ जना शिक्षक कर्मचारी रहेको विद्यालयले जनाएको छ ।
सम्बन्धित खबर
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो