नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पाँच वर्ष एउटै प्रधानमन्त्रीले देशको नेतृत्व गर्नसक्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन्।
मंगलवार काठमाडौँमा राष्ट्रिय मेलमिलाप दिवस एवं समभाव विमोचन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले पाँच वर्ष संसद्मात्रै स्थिर रहने नभई प्रधानमन्त्री पनि पाँच वर्ष स्थिर रहने संविधान संशोधन जरुरी रहेको बताए।
उनले अबको मेलमिलापको बहस स्थिर प्रधानमन्त्रीको हुनुपर्ने बताए। उनले उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने कुरा ठूलो नभएको भन्दै संविधान संशोधनको ढोका खोल्दा स्थिर सरकार र प्रधानमन्त्रीको कुरामा जोड दिनुपर्ने बताए। अब समुन्नतिको सन्दर्भमा मेलमिलाप जरुरी रहेको बताए। महामन्त्री शर्माले सरकारका आगामी नीति तथा प्राथमिकता तीन चरणमा काम गर्ने गरी ल्याउनुपर्ने बताए।
सबै विकास भइसकेको जसरी राति काम नै नहुने झैँ सूर्य अस्त, नेपाल मस्त हुन नहुने उनको टिप्पणी थियो। उनले जन्म समयले नयाँ राजनीतिक दलहरू नभई प्रवृत्तिबाट राजनीतिक दलहरू आवश्यक रहेको बताए। पूर्वाधारको निर्माणमा भइरहेको ढिलाइको गहन अध्ययन जरुरी रहेको बताए
शर्माले भने, ‘अब समुन्नतिको सन्दर्भमा मेलमिलाप हुनुपर्छ। संसद् ५ वर्षसम्म अब कुनै बहादुरले भंग गरेर हुँदैन। हामीलाई ५ वर्ष स्थिर रहने संसद् मात्रै होइन, प्रधानमन्त्री पनि चाहियो। अब मेलमिलापको बहस त्यहाँ हुनुपर्छ। संविधान संशोधनको ढोका खोल्दै गर्दा उपराष्ट्रपतिलाई राष्ट्रियसभाको अध्यक्ष बनाउने ठूलो कुरा होइन।’
महामन्त्री शर्माले छिमेकी राष्ट्रहरूले जिम्मा लिएका पूर्वाधार निर्माणका कामलाई गति दिन दृढतापूर्वक छलफल गर्नुपर्ने बताए।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’