तराईमा हुस्सु, जनजीवन प्रभावित

तराईमा हुस्सु, जनजीवन प्रभावित

mausam

पोखरा । देशका केही स्थानको मौसम आज बुधबार बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

अहिले तराईका धेरै स्थानमा हुस्सु लागेको छ। साथै गण्डकी प्रदेशका पहाडी भागमा पनि कुहिरो लागेको छ।

हुस्सु र कुहिरोका कारण उक्त क्षेत्रको जनजीवन प्रभावित बनेको छ। आवतजावत तथा सवारी सञ्चालनमा समेत समस्या भएको छ।

आज दिउँसो देशको पहाडी भागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मौसम सफा रहने छ भने राति सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिक बदली तथा बाँकी क्षेत्रमा मुख्यतया मौसम सफा रहने छ।

तराई, खोँच क्षेत्रका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ