काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीभित्र पार्टी हितविपरीत कार्य गरेको आरोपसहित जिम्मेवारीमुक्त मुकुल ढकाललाई पहिलेकै जिम्मेवारीसहित फर्काउनुपर्ने माग आवाज उठेको छ।
ढकाल रास्वपाको महामन्त्री र प्रवक्ता हुँदाहुँदै पार्टीबाट जिम्मेवारीमुक्त भएका थिए। अहिले उनलाई जिम्मेवारीसहित फर्काउनुपर्ने मागसहित पार्टीका कोशी प्रदेश सभापति राजेश तिम्सिना र मधेश प्रदेश महामन्त्री तपेश्वर यादवले केन्द्रीय कार्यालयमा निवेदन दिएका हुन्।
पार्टी अहिले ठूलो संकटमा रहेको बताउँदै उनीहरूले सबै मिलेर त्यसको सामना गर्नुपर्ने बताएका छन्। ‘रास्वपाले रास्वपा मात्रको भविष्य निर्धारण गरिरहेको छैन, समग्र वैकल्पिक राजनीति र त्यो भन्दा ठुलो नेपाली जनताको आशाको भविष्य पनि निर्धारण गरिरहेको छ ’ तिम्सिनाले पेस गरेको पत्रमा भनिएको छ।
दुवैले ढकालमाथि कारबाही गर्ने निर्णयमा गरिएको हस्ताक्षर पनि फिर्ता लिएको घोषणा गरेका छन्। ‘केहि कोर्स करेक्सन आवश्यक छन्। सबै निर्णयबाट आफ्नो हस्ताक्षर र सहमति फिर्ता लिएको जानकारी गराउँछु‚’ निवेदनमा लेखिएको छ‚ ‘राइट टू रिकलको प्रावधानलाई नीतिमै अवलम्बन गरेको हाम्रो पार्टीमा यसरी हस्ताक्षर र सहमति फिर्ता गर्नु पार्टी नीतिमै रहेको तथ्य मैले बुझेको छु। यसर्थ, एक आपसका सबै तुष सबै पक्षबाट त्यागौँ र सङ्कटको यो घडी फुटेर होइन, जुटेर सामना गरौँ। राष्ट्रिय स्वतन्त्र पार्टीलाई नेपाली जनताका लागी एउटा बलियो र भरोसायुक्त पार्टीको रूपमा स्थापना गरौँ।’
रास्वपाले गत असार २५ गते मंगलबार ढकालको पदीय जिम्मेवारी खोसेको थियो।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आज यी चार प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काभ्रेमा बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ