माइतीघरमा मनाइयो धोती दिवस

माइतीघरमा मनाइयो धोती दिवस

धोती संस्कृतिको संरक्षणका लागि समेत आह्वान

Dhoti Diwas 1

सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ।

काठमाडौंको माइतीघर मण्डलमा सिके राउतसहित अन्य नेता र कार्यकर्ताहरूको सहभागिताको धोती दिवस मनाइएको हो।

उनीहरूले अन्तर्राष्ट्रिय पोसाक दिवसलाई नेपालमा धोती दिवसका रूपमा मनाउनुपर्ने भन्दै धोती संस्कृतिको संरक्षणका लागि समेत आह्वान गरेका छन् ।

उनीहरूले ‘धोती हाम्रो शान हो, मधेसको पहिचान हो’, ‘धोती हाम्रो राष्ट्रिय पोसाक हो’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’, ‘मधेशी एकता जिन्दावाद’ लगायत प्लाकार्ड बोकेर प्रदर्शन गरेका हुन्।

गत आइतबार बसेको पार्टी केन्द्रीय सचिवालय समितिले गरेको निर्णयअनुसार पुस १७ गते धोती दिवस मनाइएको पार्टीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds