नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा ६ वटा कुकुर मारेको आरोपमा दुई जना पक्राउ परेका छन्।
कुकुरलाई निर्दयतापूर्वक मारेको भन्दै दुई जनालाई बुधबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी रेशम बोहराले जानकारी दिए।
सुस्ता गाउँपालिका ५ बेलवानीका ३३ वर्षीय राजकुमार सारू मगर र २८ वर्षीय अमनकुमार चिडी मगर छन्।
उनीहरूले गत शनिबार अपराह्न साढे ४ बजे नारायणी नदी किनारमा कुकुर मारेका थिए।
कुकुरलाई निर्मम र निर्दयतापूर्वक मारेको भिडिओ खिचेर सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेका थिए।
सामाजिक सञ्जालमा भिडिओ आएपछि प्रहरीले संलग्न व्यक्तिको खोजी थालेको थियो। कुकुर मार्ने व्यक्ति राजकुमार रहेको र अमनकुमारले भिडिओ बनाएको अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।
उनीहरूमाथि प्रहरीले मुलुकी अपराध संहिताको पशुपन्छीसम्बन्धी कसुरको उलंघन गरेको आरोप छ।
पशुपंक्षीमाथि निर्दयी व्यवहार गर्नेलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने व्यवस्था छ।
त्यस्तै सार्वजनिक स्थलमा पशुपंक्षी मारेमा एक महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुन सक्ने भनिएको छ।
यस कसुरअनुसार अनुसन्धान गर्न जिल्ला अदालतबाट सात दिन हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ। इलाका प्रहरी कार्यालय बेलाटारीबाट घटनाको अनुसन्धान अघि बढाएको छ
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने