काठमाडौं । काठमाडौंको पिंगलास्थानस्थित होटेलमा मृत फेला परेकी सुस्मिता खड्कासँगै बसेर फरार भएका युवक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् ।
ओखलढुंगा पूरानो घर भएका २३ वर्षीय देवबहादुर थापा झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् । युवतीको मृत्युको कारण अझै खुलेको छैन ।
शनिबार दिउँसो उनी ओखलढुंगाकै सुनकोसी गाउँपालिका–३, सिस्नेरीमा झुन्डिएको अवस्थामा फेला परेको ओखलढुंगाका डीएसपी कृष्ण खड्काले जानकारी दिए ।
उनका बाबुआमा ओखलढुंगाबाट त्यहाँ आएपछि घर बनाएर नयाँ बस्तीमा बस्छन् । सुस्मिता र देवबहादुरको परिवारबीच पारिवारिक घनिष्ठता नै थियो । मृतक सुस्मिताको घर पनि त्यहीँ हो । होटलमा पुस १६ मा सुस्मिता मृत फेला परेकी थिइन् ।
देवबहादुरसँगै पिंगलास्थानस्थित वाग्मती होटेलको ३०८ नम्बर कोठामा बसेका थिए । करिब ३ घण्टापछि सुस्मिता सँगै गएका युवक ढोकामा ताला लगाएर फरार भएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । एक जना अधिकृत भन्छन्, ‘बाहिरबाट ढोका लक्ड गरेर चाबी लिएर भागेको देखिन्छ ।’
लामो समयसम्म कोठा नखुलेपछि होटलमा रहेको मास्टर किबाट कोठा खोलियो । त्यसबेलासम्म युवतीको मृत्यु भइसकेको थियो । कोठाभित्र रेडबुलका केही बट्टामात्रै भेटिएको छ ।
होटलको कोठा देव बहादुरको नाममा बुक भएको भेटिएको छ । युवकका परिवार आलापोटमा बस्छन् । थापाले आफ्नो सवारी चालक अनुमति पत्रको फोटोकपी होटलमा बुझाएको बताइन्छ ।
बाहिरबाट ढोका लगाएर भागेको, युवतीको मोबाइल पनि साथमै लगेका कारण हत्या थापाबाटै भएको प्रहरीको दाबी छ ।
सुस्मिताको शरीरमा घाउचोट देखिएको छैन । जापान जाने तयारी स्वरूप उनले भाषाकक्षा पढिरहेकी थिइन् । युवक जापानबाट मंसिर ३० मा नेपालमा आएको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । ३ वर्षदेखि जापानमा बसेका ती युवक छुट्टीमा काठमाडौँ आएका थिए ।
२१ वर्षीया सुस्मिताको निधनले खड्का परिवारलाई असह्य भार परेको छ । एक्ली आमा क्यामुकी साहारा थिइन् उनी ।
१४ वर्ष पहिले बुबा कमलको निधन हुँदा उनी जम्मा ७ वर्षकी थिइन् । उनीभन्दा माथिका दुवै दिदी विवाह गरेर भक्तपुरस्थित पतिको घर गए । कागेश्वरी मनोहरा– १, आलापोट, सुवेदी गाउँको घरमा आमा क्यामु र उनीभन्दा सानो भाइमात्रै भए ।
जिल्ला काठमाडौं भए पनि आलापोट, सुवेदी गाउँ भनेको अहिलेसम्म ग्रामीण परिवेशकै ठाउँ हो । सानासाना कुराका राम्राभन्दा नराम्रा हल्लाले बजार पाउने । दुई दिदीको विवाहपछि सुस्मिता नै थिइन्, आमा र भाइको दुःख टार्ने । हाम्रा समाज नै यस्तो छ कि, छोरीले गरिखाएको पनि राम्रो नजरले हेर्दैन । यी सबै उल्झन झेल्दै झेल्दै उनी जापान जाने तयारीमा लागिन् ।
देव र सुस्मिताबीच प्रेम सम्बन्ध छ भन्ने अनुमान पनि कसैले गरेका थिएनन् । देव तीन वर्षपहिले जापान गएका हुन् । गाउँमा अहिले पनि उनका बुबा, आमा र दाजु बस्छन् ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो