सरकारले सशस्त्र प्रहरीका ४ जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)हरूको म्याद थप गरेको छ।
मंगलबार राति १० बजे बसेको मन्त्रिपरिषद् बैठकले डीआइजीहरू कमल गिरी, गणेश ठाडामगर, कूलबहादुर नेम्वाङ र शम्भु सुवेदीको एक वर्षको म्याद थपेको हो। उनीहरूको चार वर्षे पदावधि आज राति १२ बजेबाट सकिँदै थियो।
सशस्त्र प्रहरी नियमावलीमा डीआइजीको पदावधि चार वर्षको हुन्छ। सरकारले चाहेमा थप एक वर्ष थप्न सकिने व्यवस्था छ।
सशस्त्र प्रहरी नियमावलीमा भएको छिद्रमा टेकेर महानिरीक्षक राजु अर्यालको सिफारिसमा चार डीआईजीको म्याद थप भएको हो ।
अब उनीहरू एक वर्षका लागि पुनः काममै सक्रिय हुनेछन भने आगामी वैशाखमा गणेश ठाडा मगर एआइजीमा बढुवा हुनेछन । उनीसँग प्रतिस्पर्धामा कमल गिरी भए पनि ठाडा मगरले जस्तै शक्तिकेन्द्रको सन्तुलन मिलाउन उनलाई कठिन हुने आँकलन रहेको छ ।
गिरी सशस्त्र प्रहरी बल प्रशिक्षणको प्रमुख, ठाडामगर नम्बर ३ बाहिनी बागमती प्रमुख, नेम्वाङ नम्बर ४ बाहिनी गण्डकी प्रमुख र सुवेदी नम्बर १ बाहिनी कोशीका प्रमुख हुन्। सुवेदी २०५४ चैत १८ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् ।
गिरी र मगर २०५६ असार ३ र नेम्वाङ ०५६ कै टोलीको वैकल्पिकका रुपमा नेपाल प्रहरी सेवामा भर्ना भएका थिए । उनीहरु २०५८ सालमा सशस्त्र प्रहरी बल स्थापना हुँदा एक तह बढुवासहित उक्त संगठनमा समायोजन भएका हुन् । आईजीपीको उमेर हद ५८ वर्षे छ । ३० वर्षे सेवा अवधि पूरा भएमा पनि अनिवार्य अवकाश हुने व्यवस्था छ ।
सशस्त्र नियमावली २०७२ को परिच्छेद १० को दफा ६५ मा एआईजी र डीआईजीको पदावधि आईजीपीको सिफारिसमा मन्त्रिपरिषद्ले एक वर्ष थप्न सकिने व्यवस्था गरेको छ। ‘उपनियम (१) को खण्ड (ग) को उपखण्ड (२) मा जुनसुकै कुरा लेखिएको भएता पनि सशस्त्र प्रहरी महानिरीक्षकको सिफारिसमा नेपाल सरकारले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक र सशस्त्र प्रहरी नायब महानिरीक्षक पदमा बहाल रहेका सशस्त्र प्रहरी अधिकृतको पदावधि एक वर्ष थप गर्न सक्नेछ,’ नियमावलीमा भनिएको छ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो