पोखरा। तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा सम्पन्न २६ औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधि घान्द्रुक किम्चेले जितेको छ ।
आज भएको फाइनल खेलमा धम्पुसलाई ३–० को सोझो सेटले पराजित गर्दै घान्द्रुक किम्चेले उपाधि जितेको हो ।
उपाधिसँगै घान्द्रुक किम्चेले नगद रु ६५ हजार ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
यस्तै उपविजेता बनेको धम्पुसलाई नगद रु ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।
उक्त प्रतियोगिताबाट किम्चेका सचिन नेपाली सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनले गो बन्जी नेपालबाट बन्जी जम्पको अवसर प्राप्त गरे ।
यस्तै महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुरले हर्स राइडर समूह छोम्रोङलाई २–० को सोझो सेटमा पराजित गर्दै एलिट च्याम्पियन बन्यो ।
उनीहरुले क्रमशः ३० हजार, २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । सो खेलबाट एलिट भलिबलकी पुजा सेन ठकुरी सर्वोत्कृष्ट खेलाडीका रुपमा पुरस्कृत बनिन् ।
यस्तै प्रौढतर्फ युनाइटेड किङ्स क्लबले छारमेन्दो तक्रोलाई २–१ को सेटले हराउँदै किङ्स विजयी बन्यो । उनीहरुले क्रमशः बोका (ठुलो) र उपविजेताले बोका (सानो) सँगै ट्रफी मेडल र प्रमाणपत्र हात पारे ।
उक्त विधामा किङ्सका राम छन्त्याल सर्वोत्कृष्ट खलाडीका रुपमा पुरस्कृत भए ।
घोडा दौडतर्फ घान्द्रुकका हितमान गुरुङ च्याम्पियन बने । लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दुरी घान्द्रुकका गुरुङले ८ मिनेट २७।७४ सेकेन्डमा पार गरे ।
यस्तै गरी विवेक पुन (८ मिनेट ३१.५७ सेकेन्ड) द्वित्तिय बने । भने, घान्द्रुकका विनोद थापा (८ मिनेट ५०/५० सेकेन्ड) तृतीय बने ।
प्रथम, द्वित्तिय र तृतीय बनेका उनीहरुले क्रमशः नगद रु ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे ।
यस्तै सामुहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बन्यो भने, पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्दै क्रमशः ३० हजार र २० हजार तथा प्रमाणपत्रसहित पुरस्कत भए ।
उनीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिन बहादुुर गुरुङ, वडा ८ का वडाध्यक्ष राम गुरुङ, वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्री वडा ६ का वडाध्यक्ष टेकनाथ गौतम समाजसेवी बम बहादुर गुरुङ (नगद रु १ लाख सहयोग) क्लबका सल्लाहकारहरु, सहयोगीदाताहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।
बौद्ध सृजना युवा क्लबको आयोजनामा गत १५ गतेबाट सुरु भएको उत्सवमा यसअघि खुला सामुहिक नृत्य प्रतियोगिता, घोडा दौड लगायतका प्रतियोगिता सम्पन्न भइसकेका छन् । भने, चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायीका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुती दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
तनहुँमा बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा २१ वर्षीय राना पक्राउ
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला