पोखरा । प्रेस सेन्टर नेपालको पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा हुम बहादुर गुरुङ निर्वाचित भएका छन् । प्रेस सेन्टरको पोखरामा भएको दोस्रो अधिवेशनमा गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको हो । समितिको प्रथम उपाध्यक्षमा सपना रसाईली, द्वितीय उपाध्यक्षमा शिब थापा, सचिवमा प्रकाश अधिकारी कोषाध्यक्षमा सरिता तामाङ र सह–सचिवमा दिलिप भण्डारी निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यहरुमा गिता तिवारी, एलिशा थापा, रवि भण्डारी, दक्ष गुरुङ चयन भएका छन् । अधिवेशनको उद्घाटन सत्रमा नेकपा माओबादी केन्द्रका नेता बिश्व प्रकाश लामिछानेले पत्रकारिताका माध्यमबाट समाजबाद स्थापनाका लागि सहयोग गर्न आग्रह गरे । अब नेपालमा बिधिको सासन, भ्रष्टचार तथा अनियमितता नियन्त्रणमा पत्रकारले थप मेहनत गर्न आवश्यक रहेको उनको भनाई थियो ।
कार्यक्रममा अध्यक्ष शिबराज बस्ताकोटीले संगठनले गरेका गतिविधिका बारेमा जानकारी दिएका थिए । प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव माधब पनेरुले देशभर पाँच हजार भन्दा बढी प्रेस सेन्टरका सदस्य रहेको र पछिल्लो अवस्थाले प्रेस सेन्टर श्रमजिवि पत्रकारहरुको अग्रणी र महत्वपूर्ण संगठन भएको पुष्टि भएको उल्लेख गरे । शहिदको रगतले सिर्जित संगठनको विरासत र गौरव जोगाउन प्रेस सेन्टरका सबै सदस्यहरुको भुमिका बराबर रहेको उनको भनाई थियो । नेकपा माओबादी केन्द्रका पोखरा महानगर समितिका सचिव जनकराज पराजुलीले दल र राजनितिले गलत ट्रायाक लिन खोजे पत्रकारले खबरदारी गर्न आवश्यक रहेको बताए ।
र्यक्रममा प्रेस सेन्टर गण्डकी प्रदेशका बरिष्ठ उपाध्यक्ष घनश्याम पाण्डेले सशक्त रुपमा पत्रकारितामा क्रियाशील भइरहन आग्रह गरे । नवनिर्वाचित कमिटीलाई कास्की जिल्ला इन्चार्ज सन्देश श्रेष्ठले बधाई तथा शुभकामना दिएका थिए ।
सम्बन्धित खबर
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा बाघको आक्रमणबाट १० वटा बाख्रा मरे
१५ वर्षपछि दामाचौर–रामपुर जोड्ने ट्रस पुल निर्माण सम्पन्न
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण
जनशक्ति अभावले प्रदेश अस्पताल स्याङ्जाको सेवा प्रभावित
स्याङ्जामा सामाजिक सद्भाव र राष्ट्रिय एकताका लागि र्याली
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो