राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछाने अब छुट्छन् कि छुट्दैनन् ? धेरैको चासो छ । यतिबेला रवि विरूद्ध ठगीका साथसाथै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा चलेको अवस्था छ ।
कास्की जिल्ला अदालतमा थुनछेक बहस कान्छा न्यायाधीश नीतिज राईको इजलासमा छ । केहीबेरमा राईको इजलासबाट आदेश आउँदैछ ।
रवि सहितका अभियुक्तलाई सामान्य तारेखमा छाड्ने, धरौटीमा छाड्ने वा पुर्पक्षका लागि कारागार पठाउने भन्ने विषयमा एक आदेश आउने छ । अदालतले यतिबेला आदेशको तयारी गरिरहेको छ ।
लामिछानेलाई अदालतले साधारण तारेख वा धरौटीमा छाड्ने आदेश भए पनि उनी बिहीबारै हिरासतमुक्त हुने सम्भावना भने छैन । किनभने रवि विरुद्ध अन्य चार ठाउँमा सहकारी ठगीकै मुद्दामा पक्राउ पुर्जी जारी भएको छ ।
रुपन्देहीको सुप्रिम, चितवनको सहारा, काठमाडौंको स्वर्णलक्ष्मी र विरगञ्जको सानोपाइला सहकारी ठगी प्रकरणको अनुसन्धानमा पनि सम्बन्धित जिल्लाका जिल्ला अदालतले रवि विरुद्ध प्रहरीलाई पक्राउ पुर्जी दिएका छन् ।
काठमाडौंको स्वर्णलक्ष्मी ठगी प्रकरणको मुद्दा अदालत पुगिसकेको छ । जहाँ अब रविलाई थुनछेककै लागि अदालतमा पेस गर्नुपर्ने छ । कास्कीबाटै उता पठाउनुपर्ने हुन्छ । अन्य ठाउँमा प्रहरी अनुसन्धान नै गरिरहेको छ । यसर्थ रवि बिहीबार कास्की अदालतको आदेशले छुटे भनेपनि तत्काल पक्राउ परिहाल्नेछन् ।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो