सूर्यदर्शन सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई कास्की अदालतले ‘कसुरदार’ ठहर्याउँदै बिहीबार ६५ लाख धरौटी मागेको थियो । काठमाडौंमा पनि कालिमाटीको स्वर्णलक्ष्मी ठगीमा सोही प्रकृतिको आदेश गर्दै बुधबार ६० लाख धरौटी मागेको छ ।
स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्ब १९ करोड रुपैयाँ अनियमितता प्रकरणमा रास्वपा सभापति लामिछाने ‘कसुरदार छैनन् भन्न सकिएन’ भन्दै धरौटीमा छाड्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको हो ।
जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीले आदेश गरेसँगै त्यस बराबरको बैंक ग्यारेन्टी बुझाएर लामिछाने हिरासतमुक्त भए । पोखरामा पनि उनी बैंक जमानत बुझाएर छुटेका थिए ।
सभापति लामिछानेले बुधबार छुटेपछि न्यायालयलाई धन्यवाद दिएका छन् । ‘न्याय प्रक्रियालाई सघाउन आएको भनेको थिएँ । अदालतप्रति एकदमै सम्मान व्यक्त गर्न चाहन्छु’, उनले भनेका छन्, ‘न्यायप्रेमी जनतालाई धन्यवाद दिन चाहन्छु ।’
अदालतमा दिएको बयानका क्रममा समेत लामिछानेले आफू निर्दोष रहेको जिकिर गरेका थिए । तर, अदालतले ‘लामिछाने कसुरदार छैनन् भन्न सकिने आधार नरहेको’ भन्दै उनलाई ६० लाख रुपैयाँ धरौटी लिएर तारेखमा छाड्न भनेको छ ।
लामिछानेविरुद्ध पोखरा, काठमाडौंबाहेक रुपन्देही, चितवन र पर्सामा पनि अनुसन्धान जारी छ । पोखरा र काठमाडौंबाट छुट्ने अवस्थामा अन्यत्र बुझाइदिनु पर्ने भन्दै सरकारी वकिलले माग गरेका थिए ।
अदालतको आदेश – कसुरदार छैनन् भन्न सकिएन
प्रतिवादी रवि लामिछानेले अनुसन्धान अधिकारी र यस अदालत समक्षको वयानमा इन्कार रही बयान गरेतापनि यी प्रतिवादीहरु उपर किटानी जाहेरी दरखास्त रहेको देखिन्छ ।
यी प्रतिवादी रवि लामिछाने आफू गोर्खा नेटवर्क मिडिया प्रालि. को प्रबन्ध निर्देशक रहेको, गोर्खा मिडियाबाट शेयर खरिद गरी नलिएको, आफूलाई प्राप्त भएका शेयर स्वेट शेयर वापत पाएको हुँ भनी बयान गरेपनि गोर्खा मिडिया नेटवर्क प्रा.लि.का बिक्रीमा रहेको १,८०,००० थान शेयरमा लगानी गर्न इच्छा भएको निवेदन माग बमोजिम यस प्रा.लि.मा बिक्रीमा रहेको शेयर मध्ये १,८०,००० शेयर खरिद गर्न अनुमति पाउँ भनी निवेदन दिई शेयर लिएको देखिंदा निजले उक्त प्रा. लि. को शेयर खरिद गरि लिएको देखिई निज प्रतिवादी गोर्खा नेटवर्क मिडिया प्रा.लि.को शेयर होल्डर एवं प्रबन्धक निर्देशक समेत रहेको देखियो ।
प्रतिवादी रवि लामिछाने गोरखा नेटवर्क मिडिया प्रा. लि. मा शेयर होल्डर एवं प्रवन्ध निर्देशक हुनु भन्दा अघि नै प्रतिवादी रवि लामिछाने समेतको हस्ताक्षरबाट खाता सञ्चालन हुने गरी गोरखा नेटवर्क मिडिया प्रा.लि. को ग्लोबल आई.एम.ई. बैंकमा खाता खोली संचालनमा ल्याएको, निज प्रबन्ध निर्देशक भएको वेलामा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको सदस्य नरहेको गोरखा नेटवर्क मिडिया प्रा.लि.को सोही खातामा उक्त सहकारी संस्थाबाट रकम आएको देखियो ।
प्रतिवादीहरु रवि लामिछाने र गितेन्द्र बाबु राईको नाममा ऋण खाता खोली रु.४६,९८,०००/– र रु.४६,४८,०००/– लिएको, प्रतिवादी रवि लामिछानेको हस्ताक्षरबाट काटिएको चेकबाट रु.९०,१६,६६० / – स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थामा ऋण भुक्तान गरेको, गोर्खा मिडिया नेटवर्क प्रा. लि. को खाताबाट प्रतिवादी रवि लामिछानेको एकल हस्ताक्षरबाट समेत विभिन्न व्यक्तिका नाममा रकम भुक्तानी भएको देखिंदा अहिले नै प्रतिवादी रवि लामिछाने– प्रस्तुत वारदातमा कसूरदार होइनन् भन्न सक्ने अवस्था नदेखिएको… ।’
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने