इजरायली अधिकारीहरूले हमासको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशी जुनसुकै बेला रिहा हुन सक्ने भएकाले तयारी हालतमा रहन खबर पठाएका छन् । तर, उनको रिहाइ कहिले हुने भन्नेबारेमा नयाँ जानकारी भने प्राप्त हुन नसकेको इजरायलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले बताएका छन् ।
‘विपिन जोशी जुनसुकै बेला छुट्न सक्ने भएकाले तयारी अवस्थामा रहनू भन्ने खबर आएको छ । त्यसबाहेक नयाँ कुरा केही भनिएको छैन,’ राजदूत पण्डितले भने ।
राजदूत पण्डितका अनुसार बुधबार राति उनले इजरायली अधिकारीहरूसँग जोशीको अवस्थाबारे बुझ्ने कोसिस गरेका थिए । त्यस क्रममा इजरायली अधिकारीहरूले बिहीबार तीन इजरायली र पाँच थाई नागरिक छुट्न सक्ने जानकारी दिएको उनले बताए ।
‘त्यसो भयो भने एक थाई र हाम्रा विपिन जोशी गरी दुई जना विदेशी नागरिक बन्धक बाँकी रहने अवस्था हुन्छ । आज विपिन जोशी छुटेनन् भने शनिबार हुने अर्को आदानप्रदानमा उनी छुट्छन् भन्ने आशा छ,’ पण्डितले बिहीबार दिउँसो बीबीसीसँग भनेका छन् ।
‘बुधबार राति पनि मैले यहाँका प्रधानमन्त्रीज्यूको बन्दीहरूसम्बन्धी हेर्ने अधिकारीलाई सम्पर्क गरेको थिएँ । उहाँले अहिलेसम्म हामीसँग कुनै पनि अपडेट छैन भन्नुभयो । त्यसैले विपिन कहिले छुट्छन् भन्ने आधिकारिक जानकारी अहिले मसँग छैन,’ पण्डितले अगाडि भने ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने