पोखरा । माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभर सञ्चालन भइरहेको पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप गण्डकीमा एक लाख किशोरीले पाउने भएका छन् ।
१० देखि १४ वर्ष उमेर समूहका १ लाख ५ हजार ४७९ जना किशोरीलाई गण्डकी प्रदेशका ११ जिल्लाका २ हजार ५०४ खोपकेन्द्रमार्फत खोप दिन लागिएको हो । कास्कीमा मात्र ४०१ खोप केन्द्र तोकिएका छन् ।
गण्डकीका किशोरीलाई खोप लगाउने अभियानको तयारी पूरा भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खोपकेन्द्रहरु विद्यालयमा आधारित गरिएको र कास्कीमा मात्र २६ हजार २ सय ९६ जना किशोरीलाई खोप दिन लागिएको हो ।
ह्यूमन प्यापिलोमा भाइरसबाट संक्रमण हुनु पाठेघरको मुखको क्यान्सरको मुख्य कारण भएको चिकित्सकहरुले बताइरहेका छन् । पाठेघरको मुखको क्यान्सर बनाउने भाइरसलाई एचपीभी भाइरस भनिन्छ ।
पाठेघरको मुखको क्यान्सर भएमा यौनसम्पर्कपछि योनीबाट रगत आउने, तल्लो पेट दुख्ने, योनीबाट गन्हाउने पानी बग्ने, योनीबाट अनियमित रूपमा रगत बग्ने, धेरै रगत बग्ने, रक्तअल्पता हुने, कमजोर महसुस हुने लक्षण देखा पर्ने चिकित्सकहरु बताउछन् ।
९ वर्षअघि कास्की र चितवनमा पाइलट प्रोजेक्टरुपमा यो खोप अभियान थालिएको थियो । कक्षा ६ र विद्यालय नगएका १० वर्ष उमेर समूहका किशोरीलाई खोप दिइएकोमा प्रभावकारी भए पनि देशभर विस्तार गर्ने लक्ष्य लिइएको थियो । तर, कोभिडका कारण अभियोन विस्तार हुन नसकेपछि फेरि खोप अभियान थालिएको हो ।
गत वर्ष सातै प्रदेशका १÷१ वटा अस्पतालबाट १४ वर्ष उमेरका करिब १० हजार किशोरीहरूलाई ६–६ महिनाको फरकमा दुई मात्रा एचपीभी खोप दिइएको थियो ।
पहिलो चरणमा एचपीभी खोप लगाउने, दोस्रो चरणमा हरेक महिलाको पाठेघरको मुखको परीक्षण (स्क्रिनिङ) गर्ने र तेस्रो चरणमा तृतीय तहमा क्यान्सर निदान भएका महिलाको उपचार गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सम्बन्धित खबर
सडकबाट ट्रिपर खस्दा एक जनाको मृत्यु, चालक फरार
श्याम स्मृति फुटबल प्रतियोगिता २६ वर्षपछि पुनः सञ्चालनमा
सरकारी विज्ञापन नीतिविरुद्ध स्याङ्जाका पत्रकारको दबाब, प्रधानमन्त्रीलाई हस्ताक्षरसहित मागपत्र
पूर्वविद्यार्थीको पहलमा भीरकोटका दुई विद्यालयमा कम्प्युटर सहयोग
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा तीन पूर्व अध्यक्षलाई सम्मान
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु