पोखरा । तमु साँस्कृतिक प्रतिष्ठान नेपालको ‘२४औँ वार्षिकोत्सव तथा स्रष्टा सम्मान कार्यक्रम’ यही माघ ३० बुधबार गते हुने भएको छ ।
पोखरा वीरेन्द्रचोकस्थित तभमरकोट पार्टी प्यालेसमा सम्पन्न हुने वार्षिकोत्सवको अवसरमा स्रष्टा सम्मान एवं विद्यार्थी पुरस्कार वितरण आयोजना गरिएको आयोजकले जनाएको छ।
तमु समुदायका किशोरकिशोरीहरुलाई शिक्षा प्रति आकर्षण र जागरुक गराउने उद्धेश्यले हरेक वर्ष वार्षिकोत्सवको दिन संस्थाले पुरस्कृत गर्दै आइरहेको छ ।
यस वर्ष उच्च शिक्षा अवार्डबाट सम्राट तमुलाई पुरस्कृत गरिने भएको छ भने लालशोभा उत्कृष्ट आमा अर्वाडबाट लमजुङ, क्होलासोंथर भुजुङ मा.वि कक्षा १२ मा ३.५५ जि.पि.ए. प्राप्त विद्यार्थी चित्रकाशीका आमा तसकुमारी तमुलाई पुरस्कृत गरिने भएको छ । पुरस्कार रकम २०/२० हजार रुपैयाँ रहेको छ ।
यस्तै, श्रष्टा सम्मान तर्फ पार्वता तमु स्मृति पुरस्कारबाट चलचित्रकर्मी माओत्से तमुलाई नगद १० हजार र क्या. मिन बहादुर तमु (डाँफे बुढा) पुरस्कारबाट संस्कृतिकर्मी कर्ण बहादुर तमुलाई नगद २५ हजारसहित सम्मान गरिने छ।
यसैगरी, शिक्षा, साहित्य एवम् समाजसेवा विधामा एकेन्द्र तमु, सामाजिक सेवा विधामा सुर्य तमु र हरि तमुलाई विशेष सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।
संस्थाले विद्यार्थी छात्रवृत्ति वितरण सँगसँगै विभिन्न खालका प्रशिक्षण कार्यक्रम, सँस्कृति संरक्षण संवद्धन गर्ने उद्देश्यले छ्याडु प्रतियोगिता, छ्याडु प्रशिक्षणलगायतका कार्यक्रमहरु पनि बेलाबखत गर्दै आइरहेको छ।
संस्थामा हाल ५२ जना संस्थापक सदस्य, देश र विदेशमा गरि १ सय ७९ जना आजीवन सदस्य तथा २ जना मानार्थ सदस्यहरु छन् ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन