एफडी मोटर्सको नयाँ शोरुम पोखराको नयाँबजार पिके टावरमा खुलेको छ । एफ डि मोर्टसको नेपालका लागि आधिकारीक बिक्रेता ग्रन्थ इलेक्ट्रिक भेहिकल प्रा.लि.ले आफ्नो पाँचौ तथा पोखराका लागि पहिलो शोरुम आज (सोमबार) एक कार्यक्रमका विच संचालनमा ल्याएको हो । नेपाली बजारमा उत्कृष्ट ईलेक्ट्रिक स्कुटरको रुपमा स्थापीत भएको एफडीका स्कुटर पोखराका ग्राहले पनि सहज रुपमा खरिद गर्न पाउने छन् ।
पोखराका ग्राहले काठमाडौँ शोरुमबाट स्कुटर खरिद गरिरहेको र ग्राहकलाई सहजै उपलब्ध हुने गरी पोखरामा शोरुम विस्तार गरिएको कम्पनीका सिइओ सुजन ढुंगेलले जानकारी दिए । एफफाइभ ए प्रो मोडलको स्कुटर शोरुमबाट विक्री सुरु भइसकेको छ ।
नयाँ शोरुम संचालनमा आएको अवसरमा कम्पनीले ग्राहकहरूका लागि अफर दिएको छ । फास्ट चार्जर सित्तैमा पाउने सिइओ ढुंगेलले बताए । फास्ट चार्जरले २ घण्टामा ब्याट्री फुल चार्ज गर्न सक्छ । साधारण चार्जले ६ देखि ७ घण्टामा ब्याट्री फुल चार्ज हुने कम्पनीले जनाएको छ । कम्पनीले १५ दिनको लागि दिएको अफरमा एक वर्षको लागि सडक कर र इन्सुरेन्सको समेत ग्राहले सुविधा पाउने छन् ।विषेशगरी स्कुटरमा जडान गरीएको प्रविधि र आकर्षक ’लुक्स’ देखि ’कम्फर्ट’सम्मका कारण ग्राहकले फरक अनुभूति गर्ने कम्पनीले जनाएको छ ।
नेपालको बाटो र उकाली–ओरालीमैत्री स्कुटर भएकाले यो स्कुटर अब्बल रहेको कम्पनीले दावी गरेको छ । स्कुटरमा मुख्य गरी एलएफपी ब्याट्रि, साइड ड्राइभ मोटर, क्यान क्नट्रोलर, २०० एमएम ग्राउण्ड क्लियरेनस, ब्रेक रिजेनेरेटिङ्ग फिचरहरु उपलब्ध छ ।स्कुटरमा १६ इन्च अगाडि र १४ इन्च पछाडि टायर रहेको छ । टायर साईज ठूलो भएकोले यो निकै आरामदायी छ । २०० एम एम ग्राउण्ड क्लियरेन्स भएको यस स्कुटर कुनै पनी खालको स्कुटरहरुमा नेपालमै पहिलो हो ।
स्पोर्टी डिजाइन बनेको एफफाइभ ए प्रो मोडलको स्कुटरमा साइड ड्राइभ ३ के मोटर, १२० किलोमिटर रेन्ज रहेको छ । नेपालमा उपलब्ध कुनै पनि बिद्युतिय स्कुटर उक्लन नसक्ने उकालोमा यो स्कुटर सहजै उक्लन सक्दछ । ब्याट्री चार्जका लागि छुट्टै व्यवस्था गर्न नपर्ने र घरमा टिभि, फ्रिज जोडे जस्तै तरिकाले जोड्न सकिने छ । ब्याट्रीमा २००० साइकल हुन्छ । दैनक फुल चार्ज गर्दा पनि यो भनेको ५ वर्ष भन्दा बढि समय टिक्छ ।
स्कुटरमा भएको प्रविधि तथा ब्याट्रिको तुलनामा बजारमा आएका अन्य कम्पनीका स्कुटर भन्दा यसको मूल्य अत्यन्तै सुलभ रहेको कम्पनीको भनाई छ ।एफडी मोटर्स ब्राण्डका विद्युतीय स्कुटरहरू किन्न चाहने ग्राहकहरूलाई सरल र सहज रूपमा क्रेडिट कार्डमार्फत शून्य प्रतिशत ब्याजदरमा तीन लाखसम्म डाउन पेमेन्ट बिनानै कर्जा उपल्ब्ध गराउने छ ।
सम्बन्धित खबर
अवैध सालको काठसहित मिनि ट्रक नियन्त्रणमा
पुस ७ देखि अर्जुनचौपारीमा तीनदिने राष्ट्रपति रनिङ शिल्ड तथा शैक्षिक महोत्सव
रानीथुम्का आधारभूत विद्यालयमा महायज्ञ हुँदै
लामो समयदेखि फरार रहेका दुई प्रतिवादी पक्राउ
अर्जुनचौपारीमा एकदिने स्वास्थ्य शिविर
६ विद्यालयका एक सय १२ विद्यार्थीलाई न्यानो कपडा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?