पोखरा । आज फेब्रुअरी १४, प्रेम दिवस अर्थात् भ्यालेन्टाइन डे विश्वभर मनाइँदैछ । एक सातासम्म मनाइने भ्यालेन्टाइन सप्ताहको अन्तिम तथा सबैभन्दा महत्त्वपूर्ण दिनका रूपमा आज प्रेम जोडीले एकआपसमा उपहार आदान–प्रदान गर्दै माया साटासाट गर्ने चलन छ ।
पछिल्लो समय भ्यालेन्टाइन डे आउनु एक हप्ता पहिले नै सप्ताहव्यापी रूपमा यो दिवस मनाइने गरिन्छ । फेब्रुअरी ७ लाई रोज डे, फेब्रुअरी ८ लाई प्रपोज डे, ९ लाई चकलेट डे, १० लाई टेडी डे, ११ लाई प्रमिस डे, १२ लाई चुम्बन डे, १३ लाई हग डे र १४ लाई भ्यालेन्टाइन डे को रूपमा मनाउने गरिन्छ । विशेष गरी यो दिनलाई प्रेम प्रस्ताव राख्ने, प्रेम भाव प्रकट गर्ने र प्रेम सम्बन्धलाई अझ सुदृढ बनाउने अवसरका रूपमा लिइन्छ ।
युद्ध पिपासु र दम्भी प्रवृत्तिका रोम साम्राज्यका राजा क्लडियस द्वितीयले तेस्रो शताब्दीतिर आफ्नो शासनकालमा सैनिक सदस्यले बिहे गर्न नपाउने एउटा कठोर किसिमको सैन्य नियम जारी गरेका थिए । सेनामा भ्यालेन्टाइन नाम गरेका एकजना इसाई पादरी पनि थिए । जसले सैनिकले पनि प्रेम र विवाह गर्न पाउनु पर्ने भनेर नियम उलङ्घन गरेका थिए । सेनाका जवानहरूको विवाह गराएका थिए ।
यतिमात्र होइन उनले युवा जोडीहरूलाई सार्वजनिक स्थलमै सामुहिक विवाह कार्यक्रम गराएका थिए । यसपछि नियम उल्लघंन गरेको आरोपमा इसापूर्व २६१६ फेब्रुअरी १४ मा मृत्युदण्ड दिइएको थियो । यही दिनदेखि तिनै भ्यालेन्टाइनको सम्झनामा अमेरिका, युरोप अष्ट्रेलियालगायत इसाईबाहुल्य देशमा भ्यालेन्टाइन्स डे मनाउन थालिएको हो ।
पछिल्लो समय भ्यालेन्टाइन डे नेपालसहित विश्वभर पर्वकै रूपमा स्थापित भइसकेको छ ।
सम्बन्धित खबर
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
प्रधानन्यायाधीशमा तोडियो वरिष्ठताको परम्परा, बालेन सरकारले चौथो वरीयताका शर्मालाई प्रधानन्यायाधीश बनाउँदै
काठमाडौं जिल्लामा मात्रै २६ सय ८७ घरमा चलाइयो डोजर, झण्डै साढे १५ हजार विस्थापित
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
थापाथलीका अर्का सुकुम्बासीले पनि गरे आत्महत्या, एक महिला बेहोस
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर