पोखरा । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति कास्कीको आयोजनामा गण्डकी प्रदेशस्तरीय लोक दोहोरी गीत प्रतियोगिता शनिवार सम्पन्न भएको छ ।
प्रतियोगितामा प्रतिष्ठान कास्कीका अनिल चापागाईं र अर्चना चापागाईं विजय भए भने बिसौनी दोहोरी साँझका बेलबहादुर सुनार र सपना सुनार उपविजेता बने। विजेताले ५० हजार रुपैयाँ र उपविजेताले २५ हजार रुपैयाँसहितसहित प्रमाणपत्र प्राप्त गरे ।
त्यसैगरी ससुराली रोधी घरका सुदिप सापकोटा र ललिता घर्ती मगर तृतीय र प्रतिष्ठान बागलुङका सुमन खड्का र जमुना सुनार सान्त्वना भए । तृतीय हुनेलाई १५ हजार रुपैयाँ र सान्त्वनालाई ८ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरियो । प्रतियोगितामा उत्कृष्ट गायकको उपाधि प्रतिष्ठान गोरखाका रोशन परियार र उत्कृष्ट गायिकाको उपाधि प्रतिष्ठान पर्वतका शोभा परियारले पाउन सफल भए । दुवै जनालाई जनही ५÷५ हजार रुपैयाँ र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको थियो । प्रतियोगितामा १३ टिम सहभागी थिए ।
सोही प्रतियोगिताबीच लोकदोहोरीको संरक्षण र प्रवद्र्धनमा टेवा पुर्याएकोमा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष अग्रज गायक प्रजापति पराजुली र पुरुषोत्तम न्यौपानेलाई सम्मान गरिएको थियो । दुवै सम्मानित व्यक्तित्वहरुलाई गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्रालयका सचिव कुमानसिंह गुरुङले दोसल्ला ओढाएर सम्मान अर्पण गरेका थिए ।
कार्यक्रममा बोल्दै सचिव गुरुङले यो प्रतियोगिताले संस्कृतिको जगेर्ना र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका थिए । उनले कलाकारले गाउने गीतले पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा सघाएको बताए । नीति कार्यक्रम बजेटको व्यवस्था गरेर लोक तथा दोहोरी गीतको संरक्षणमा र प्रवद्र्धनमा प्रदेश सरकारले ध्यान दिने बताए । कार्यवाहक सचिव सुनील गायकले कार्यक्रम सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
औपन्यासिक कृति ‘विविशारा’ को विमर्श एवम् सिर्जना वाचन
कविताः पासाङ दिकी
स्याङ्जामा देवकोटा साहित्य उत्सव सम्पन्न
पोखरामा खचाखच दर्शकबीच ‘फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’
कवितासङ्ग्रह ‘अङ्कुर’ सार्वजनिक
‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’मा ‘सत्यम्’का लेखक लक्ष्मण वियोगी
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’