नेपाल प्रहरीका सई मृत भेटिए

नेपाल प्रहरीका सई मृत भेटिए

death body

झापा । झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् ।

आइतबार बिहान भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल मोरङ कानेपोखरी गाउँपालिका– ७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा मृत भेटिएका हुन्।

झापा भद्रपुर नगरपालिका–८ मा रहेको जिल्ला प्रहरी कार्यालय झापाको तीन तले ब्यारेकको माथिल्लो तलामा उनी मृत फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार माथिल्लो तलाको पानी ट्यांकी जाने फलामको भ¥याङमा खतिवडा झुन्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरीले मृतकका आफन्तलाई जानकारी गराएर कानुनी प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds