काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते हुने स्ववियु चुनावको कार्यतालिका सार्वजनिक गरेको छ ।
त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले कार्यतालिका सार्वजनिक गरेको हो ।
विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले उम्मेदवारको मनोनयन यही फागुन २७ गतेका लागि तोकिएको जानकारी दिए ।
प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको मनोनयन दर्ता फागुन २७ गते बिहान ११ बजेदेखि २ बजेसम्म हुनेछ ।
सङ्घ, सङ्गठन दर्ता यही फागुन १९ गते, मतदाता सूची प्रकाशन फागुन २१ गते, उम्मेदवारको दाबी विरोघ फागुन २८ गते र अन्तिम उम्मेदवारको नाम फागुन २९ गते प्रकाशित गर्ने कार्यतालिका छ । मतदान चैत ५ गते बिहान ८ देखि दिउँसो ४ बजेसम्मका लागि तोकिएको छ ।
चुनावको लागि प्रचारप्रसारको समय फागुन २९ गते दिनको २ बजेदेखि चैत २ गते राति १२ बजेसम्म रहने र त्यसपछि मौन अवधि शुरू हुने निर्देशनालयका निर्देशक अधिकारीले बताए।
देशभरका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियु चुनाव हुन लागेको हो । चुनावमा २८ वर्षे उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा व्यवस्था गरिएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण