हृदयाघातपछि पूर्वयुवराज पारस अस्पताल भर्ना

हृदयाघातपछि पूर्वयुवराज पारस अस्पताल भर्ना

parash3-1

पूर्वयुवराज पारस शाहलाई अस्पताल भर्ना गरिएको छ।

आइतबार साँझ हृदयाघात भएपछि उनलाई काठमाडौँ थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा. फणिराज पाठकले जानकारी दिए।

पारसलाई हिजो साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो । अस्पतालका अनुसार अवस्था ठीक रहेको पाठकले जनाए ।

यसअघि २०८० भदौ १५ गते पनि हृदयाघात नै भएपछि शाहलाई अस्पताल भर्ना गरिएको थियो। त्यतिबेला उनलाई ह्याम्स अस्पतालमा भर्ना गरिएको थियो।

शाहलाई ह्रदयघाट भएको यो चौँथो पटक हो । यसअघि तीन पटक ह्रदयघात भएको भए पनि पारसको स्वास्थ्य पुरानै अवस्थामा फर्किदै आएको थियो ।

देशमा राजतन्त्र फर्कने आशमा रहेका पूर्व राजा ज्ञानेन्द्र शाहको बोली र व्यवहार पनि परिवर्तन भएको छ भने दाह्री पालेर बिरक्तिएर परिवारभन्दा टाढा रहेका पारश पनि चिटिक्क बन्दै परिवारसँगै रमाउँदै आएका छन् । केही दिनअघि मात्र शाह परिवार मिलेर पोखरामा जन्मदिन मनाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ