जनकपुर र पोखराका व्यवसायीले आपसी सहकार्यमा जोड दिएका छन् । पर्यटन क्षेत्रको विकास र आपसी सिकाईका विषयमा दुई शहरका ब्यबसायी हातेमालो गरेर अगाडि बढ्न सकिने विषयमा उनीहरु एक मत देखिएका छन् ।
यसपटकको पाँच दिने जाउँ है पोखरा अभियान अन्तरगत जनकपुरमा सोमबार आयोजित पहिलो कार्यक्रममा उल्लेखित विषय उठान गरिएको थियो ।
सो अवसरमा मधेश प्रदेशका उद्धोग, वाणिज्य एबं पर्यटन मन्त्री सकिल अलि मियाँले पोखरा-जनकपुरबिच हवाई सेवा संचालनमा जोड दिए । मधेश प्रदेशको पर्यटन ऐन पारित भई लागू हुने क्रममा रहेको अबगत पनि उनले गराए । व्यवसायीहरु एकाअपसमा मिलेर पर्यटन क्षेत्रलाई थप अगाडि बढाउन सकिने उनले सुझाव राखे ।
आयोजक संघका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुवेदीले अभियानबारे जानकारी गराउँदै जनकपुरवासीलाई पोखरा भ्रमणको निम्ता प्रदान गरे ।
मधेश प्रदेशका सांसद राम आशिष यादबले पोखरा र जनकपुरले एक अर्कासँग सिक्न जरुरी भएको भनाई राखे । सत्कार, सुविधा र सुरक्षाले पर्यटन अगाडि बढ्न सक्ने स्मरण उनले गराए ।
होटल संघका केन्द्रिय सदस्य विजयकुमार झुनझुनवालाले हिन्दू धर्मको महत्व अनुसार प्रचारप्रसार अगाडि बढ्न नसक्नु दु:खद पक्ष भएको बताए ।
जनकपुर उद्धोग वाणिज्य संघका पूर्व अध्यक्ष निर्मलकुमार चौधरीले पोखराले धार्मिक पर्यटक आकर्षण गर्ने उपायहरु अगाडि बढाउनु पर्ने सुझाव राखे ।
बन्दिपुर केबलकार एण्ड टुरिजम प्रालिका उपाध्यक्ष किरण पोखरेलले प्रालिले संचालन गरेको परियोजना र सेवासुविधाका बारेमा अवगत गराएका थिए ।
नेपाल टुर एण्ड ट्राभल एशोसिएशन मधेश प्रदेशका अध्यक्ष मोहनकुमार शर्माले पोखरा साहसिक पर्यटनका हिसाबले थप अगाडि बढ्न सक्ने सुझाव राखे ।
नेपाल पत्रकार महासंघ धनुषाका सभापती पुरण साहले पोखराका एक हजार दुई सय होटलमा १५ हजार जनाले रोजगारी पाउनु सकारात्मक पक्ष भएको बताए । ब्यबसायी बीरेन्द्र शाहले पोखरामा मधेशी पर्यटकलाई सम्मानित व्यवहार गर्न आग्रह गरे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत गर्दै संघका उपाध्यक्ष गणेशराज पहारीले पोखरा र जनकपुर बिच धार्मिक र पर्यटनका हिसाबले धेरै समानता रहेको बताउँदै आपसी सहकार्यका लागि आव्हान गरे ।
कार्यक्रममा संघले जाउँ है पोखराका विभिन्न पाँच प्याकेज पनि सार्वजनिक गरेको छ । घुमघाम, बसाई र खानपान सम्बन्धि यी प्याकेज पाँच हजार रुपयाँदेखि २६ हजार रुपैयाँ बिचका रहेका छन् । आयोजक संघका सचिव पार्वता पाण्डेले कार्यक्रमको संचालन गरेकी थिइन् ।
सम्बन्धित खबर
अयरपानी होमस्टेमा पर्यटकको चहलपहल बढ्दै
चापाकोटको पर्यटन सपना अधुरै: छ करोडको टावर ओझेलमा, पर्यटन शून्य
देशकै पहिलो ‘नमुना पुल’ निर्माण सुस्त गतिमा, सम्झौता सकिँदा अझै २५ प्रतिशत अधुरो
मुस्ताङमा ७ लाख ५ हजार पर्यटक भित्रिए
मुस्ताङ घुम्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे
पोखरा-जोमसोम हवाई उडानको सङ्ख्या घट्यो
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?