काठमाडौं महानगरपालिकाका मेयर बालेन साहको पछिल्लो स्टाटसप्रति गण्डकी प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण पाठकले कडा प्रतिक्रिया दिएका छन् ।
फेसबुकमार्फत मन्त्री पाठकले मेयर साहको कार्यशैलीमाथि प्रश्न उठाउँदै लेखेका छन्, ‘यथेष्ट प्रमाण जुटाएर प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गर्न नसक्ने, छानबिन समितिको प्रतिवेदन लुकाउने, बहालवाला प्रमुख प्रशासकीय अधिकृतलाई गेटबाट भित्र पस्न नदिने अनि कार्यकारी पठाएन भनेर प्रधानमन्त्रीलाई आक्रोश पोख्नेरु के हो बालेन भाइ तिम्रो पारा ।’
उनले आफूहरू पनि कार्यकारी ठाउँमै बसेर काम गरिरहेको उल्लेख गर्दै नियम, कानुन र कार्यविधिभन्दा माथि कोही हुँदैन, तिमी पनि छैनौं भन्ने चेतावनी दिएका छन्। पाठकले बालेन साहको नेतृत्वमाथि थप कटाक्ष गर्दै भनेका छन्, ‘चार भागको एक भाग पनि पूँजीगत खर्च गर्न नसक्नेका कुरा चर्का तिम्राजस्ता चर्का कुरा अरूलाई पनि गर्न आउँछ भन्ने हेक्का राख, भाइ ।’

पाठकले यसअघि रास्वपा सभापति रवि लामिछाने मुछिएको सहकारी प्रकरणमा र नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेकी परराष्ट्रमन्त्री डा आरजू राणा मुछिएकी छन् भनेर फेसबुक स्टाटस लेखेका थिए ।

त्यस्तै, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र क्रिकेट खेलाडी सन्दीप लामिछानेको मुद्दामासमेत विवादित अभिव्यक्ति दिएका थिए ।

सम्बन्धित खबर
शिक्षकको जागिर छाडेर २२० रोपनीमा कागती खेती
अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसार गरिरहेको ट्याक्टर कारबाहीमा, ३० हजार रुपैयाँ जरिवाना
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
पुतलीबजारका केही वडामा धानमा खपटे किराको प्रकोप
गोपालमान श्रेष्ठको निधनमा पुतलीबजारमा बुधबार सार्वजनिक बिदा
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
सपनामा पनि मलाई संघीयता विरोधी नसोच्नुस्, हिन्दूराष्ट्र र राजतन्त्रको पक्षमा म छैन: बालेन
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्