काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सङ्घीय गणतन्त्रात्मक लोकतान्त्रिक व्यवस्थामा राजा खोज्नु भनेको बिजुलीको युगमा ‘अगुल्टो बाल्छु’ भन्नुजस्तै असान्दर्भिक भएको बताएका छन्।
काठमाडौँमा हुलाक सेवा विभागले आज आयोजना गरेको हुलाक टिकटमा टाँचा प्रदान कार्यक्रममा मन्त्री गुरुङले वैज्ञानिक, लोकतान्त्रिक, मानवअधिकारलगायत थुप्रै पक्ष नियाल्दा पनि राजतन्त्र आउने सम्भावना नरहेको प्रस्ट पारे।
सामन्तवादीको आडमा अडिएको राजतन्त्र हटाएर जनताले लोकतन्त्र ल्याएको इतिहास स्मरण गराउँदै मन्त्री गुरुङले राजाको नाममा मैदानमा उत्रिने नेताहरू लोकतन्त्र विरोधी भएको उल्लेख गरे।
राजदरबार हत्याकाण्डपछि क्रमबद्ध राजकुमार दीपेन्द्रको निधन भएलगत्तै नेपालमा राजवंशीय सत्ता विधिवत् रुपमा समापन भएको तर्क गर्दै मन्त्री गुरुङले भने, ‘कुशले बनेका राजा बोकेर हिँड्नु नैतिकताले सुहाउँदैन ।’
नेपाल सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले संसद्मा रहेको सामाजिक सञ्जालन नियमनसम्बन्धी बनेको विधेयक ल्याउन अत्यन्त जरुरी रहेको धारणा पनि राखे । समाज व्यवस्थित गर्न र अराजकताबाट जोगाउन विधेयक आवश्यक रहेको उनले जोड दिए।
सो अवसरमा मन्त्री गुरुङले नेपालको राजनीतिक, शैक्षिक रुपान्तरणमा योगदान पुर्याउनुभएका चिनियालाल सिंह र नारदमुनि थुलुङको प्रथम हुलाक टिकट आवरणमा टाँचा प्रदान गरेका थिए। साथै मन्त्रालयले यो वर्षभित्र सुरक्षण मुद्रण केन्द्रमार्फत स्वदेशमै सुरक्षासम्बन्धी सम्पूर्ण कागजात छाप्ने तयारीमा रहेको उनले जानकारी दिए। सुरक्षण मुद्रण केन्द्रको प्रमुख कार्यकारी अधिकृतसहित कर्मचारीको व्यवस्थापन गर्दै मन्त्रालयले छापाबाट राज्यको राजस्व सुरक्षित गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ