पोखरा । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका छ । विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र ढंगले विद्यार्थीहरू आन्तरिक तयारीमा जुटेका छन् ।
देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । यसपटक भने विवादरहित ढंगले माहौल अघि बढिरहेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।
५ विद्यार्थी संगठनको संयुक्त प्यानल अनेरास्ववियूका सन्तोष पौडेलको नेतृत्वमा चुनावी मैदानमा छ । एकीकृत समाजवादी निकट अनेरास्ववियूका उम्मेदवार पौडेललाई विप्लव नेतृत्वको माओवादी निकट अखिल समाजवादी, अखिल क्रान्तिकारी वैद्य समूह, नेकपा बहुमत निकट अखिल क्रान्तिकारी लगायतले साथ दिएको छ ।
को हुन् सन्तोष पौडेल ?
पर्वत जिल्ला फलेवास नगरपालिका वडा नम्बर ५, खानीगाँउ चितिपानी स्थायी घर भई हाल अध्ययनको सिलसिलामा पोखरा बस्ने सन्तोष पौडेल बाल्यकाल देखि नै सामाजिक कार्यहरूमा अग्रसर रहँदै आएका छन् ।
विद्यालय तहदेखि नै रेडक्रस, बाल क्लब अन्य संघसंस्थामा सकृय रूपमा काम गरेको उनीसँग अनुभव छ । २ बर्षसम्म खानीगाउँं बाल संजाल सचिवको रूपमा काम गरेका उनी राष्ट्रिय बाल परिषद् अन्तर्गत सूचिकृत बाल अधिकार संवाहक पनि हुन् ।
राष्ट्रिय यूवा परिषदको गण्डकी यूवा संजालका प्रदेश सदस्य पदमा रही १ बर्ष काम गरेका उनी हाल अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीका अध्यक्ष पनि हुन् ।
हालसम्म कयौँ पटक स्ववियु निर्वाचन भएतापनि विद्यार्थीका समस्याहरू जस्ताको तस्तै रहिरहेको र यस्ता समस्या समाधानको लागि उपयुक्त पात्रलाई नेतृत्वमा लग्नुपर्नेमा उनी जोड दिन्छन् । ‘राजनीति जोगाउनका लागि मात्र विद्यार्थी बनेका आयातित राजनीतिज्ञले नभई नियमित वास्तविक विद्यार्थीहरूले स्ववियुमा ठाउँ पाउनुपर्छ ।’ – उनले भने ।
विगतमा भएका यस्तै कार्यहरूले गर्दा आज त्रिभुवन विश्वविद्यालयमा चरम लापरबाही र बिद्यार्थीमाथि खेलबाड भैरहेको पौडेलले बताए । यस्ता तमाम समस्याहरूको दीगो समाधानको लागि आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ ।

स्ववियु अध्यक्षका लागि पिएनमा सन्तोषसँगै नेकपा एमाले निकट अनेरास्वियुबाट विष्णु पोखरेल, कांग्रेसनिकट नेविसंघबाट सुशिल न्यौपाने र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट नविन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, अनेरास्ववियू, अखिल समाजवादी विप्लव, अखिल क्रान्तिकारी बहुमतसहितको संयुक्त मोर्चाबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले अध्यक्षमा उम्मेदवारी दिँदा विप्लबी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
सम्बन्धित खबर
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’
न्यु मोडेलकी सुसम रानाभाट पिस पोस्टर प्रतियोगितामा प्रथम
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
प्रतिभाकी करिना हिसान कास्कीको तत्स्थान कविता लेखन प्रतियोगितामा सर्वोत्कृष्ट
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’