नेपालको उच्च हिमाली भेगमा पाइने भोटे कुकुरले अन्तर्राष्ट्रिय मान्यता पाएको छ । नेपाली रैथाने प्रजातिको भोटे कुकुर अब विश्वका विभिन्न कुकुरहरुको संस्थामा दर्ता हुने भएको छ ।
भोटे कुकुरको संरक्षणमा जुट्दै आएको भोटे कुकुर क्लब अफ नेपालको पहलमा अन्तर्राष्ट्रिय किन्ले क्लब (आइकेसी) ले बुधबार भोटे कुकुरलाई छुट्टै जातको रुपमा मान्यता दिएको भोटे कुकुर क्लब अफ नेपालका अध्यक्ष विजय पौडेलले जानकारी दिए ।
‘नेपाललाई आधार मानेर कुकुरको कुनै पनि अध्ययन भएको थिएन । १३औं शताब्दीमा विदेशीले मंगोलियामा र तिब्बतमा पाइने कुकुरलाई तिब्बतीयन म्याटिस्फ नाम राखिदिए । तर यो नेपालमा पाइने भोटे कुकुरभन्दा अलग ब्रीड हो,’ उनले भने, ‘तिब्बतीयन कुकुरको शरीर, आकार र टाउको अनि हेर्दै ठूलो हुन्छ । हामीले यी दुई फरक भनेर अन्तर्राष्ट्रिय फोरममा कुरा राख्यौं । तर व्यक्तिले नभई संस्थामार्फत कुरा पुर्याउनु पर्ने भएकाले क्लब गठन गर्यौं ।’
मान्यता पाएसँगै अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरू वल्र्ड केनेल युनियन, फेडेरेसन साइनोलोजिक इन्टरनेशनललगायतका संस्थाहरुमा पनि आधिकारिक मान्यता दिलाउनका लागि प्रक्रिया सुरु भएको विजयले बताए । यसले भोटे कुकुरप्रतिको चासो र समर्थनमा उल्लेखनीय वृद्धिको उनको भनाइ छ ।
भोटे कुकुरको संरक्षण तथा अन्तर्राष्ट्रिय रुपमा पहिचान दिलाउने उदेश्यका साथ माघ १९ गते पोखरा ६ लेकसाइड बाराहीघाटमा भोटे कुकुर प्रदर्शन मेला सम्पन्न गरिएको थियो । प्रदर्शनीले भोटे कुकुरप्रति मानिसहरूबीच चासो र माया अभूतपूर्व रूपमा बढेको पाइएको अध्यक्ष पौडेलले सुनाए । उक्त मेलाले संरक्षण र प्रवद्र्धनमा ठूलो योगदान पुर्याएको र आगामी दोस्रो संस्करण ढोरपाटनमा गर्ने योजना रहेको उनको भनाइ छ ।
‘अब हामी अन्तर्राष्ट्रिय रुपमा पनि दर्ज भएका छौं । भोटे कुकुर संरक्षण र प्रबद्र्धनका लागि पोखरामा भएको एक दिने प्रदर्शनीले ठूलो भूमिका खेल्यो अब दोस्रो संस्करण हामी ढोरपाटनमा गर्न चाहन्छ । हामीले ढोरपाटन नगरपालिकासंग सहकार्य गरेर जाने योजनामा छौं । आशा छ, उहाँहरुले भोटे कुकुरको प्रबद्र्धनमा सहयोग गर्नुहुनेछ,’ उनले भने, ‘नगरपालिकाले अहिलेसम्म कुनै विशेष चासो व्यक्त गरेको छैन । हामी निरन्तर पहलमा छौं ।’
यो नेपालका लागि पनि गौरवको विषय हो । आइकेसीबाट प्राप्त मान्यताले भोटे कुकुरलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने मार्ग खोलिदिएको छ, जसले आगामी दिनमा अन्य अन्तर्राष्ट्रिय केनेल क्लबहरूबाट मान्यता प्राप्त गर्ने प्रक्रियालाई अझ सहज बनाएको छ ।’ भोटे कुकुरलाई विश्वव्यापी रूपमा स्थापित गर्न क्लबले निरन्तर पहल गरिरहेको छ ।
पौडेलका अनुसार भोटे कुकुरको एउटै बाउ र आमाबाट जन्मेको छाउराछाउरी समेत फरक हुन्छ । त्यसैले छाउराको मूल्य ४० हजार र छाउरीको ३० हजार रुपैयाँ पर्दछ । जन्मेको ६ हप्तापछि आमाबाट अलग गरेर पाल्न सकिने उनले बताए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने