काठमाडौं । पूर्वराजा शाहले राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष नवराज सुवेदीको नेतृत्वमा राजतन्त्र पुनर्स्थापनाका लागि मोर्चाबन्दी गर्दै आन्दोलन अगाडि बढाउने प्रयास गरेपछि संसद्को पाँचौँ ठुलो शक्ति राप्रपाको नेतृत्वले अस्वीकार गरेको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ । आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिएका छन् ।
आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ ।
‘१२ गते बस्ने मूल आयोजक समितिको बैठकले आन्दोलनका कार्यक्रमहरु तय गरेर सार्वजनिक गरिने छ’, श्रेष्ठले भने । राप्रपाले समान विचार र सिद्धान्त बोकेका सबै शक्तिहरुलाई आफ्नो नेतृत्वको आन्दोलनमा सहभागी हुन आह्वान गरेको छ ।
नवराज सुवेदी नेतृत्वको हिजो गठित समितिलाई राप्रपाले सहयोग गर्ने छ । पार्टीका अर्का प्रवक्ता ज्ञानबहादुर शाहीले अन्य पार्टीका साथीहरुलाई जनताको इच्छा र भावनाहरुविरुद्ध नजान आग्रह गरे ।
राजतन्त्र पुनर्स्थापनाका लागि पूर्वराजावादीलाई एउटै छातामुनि संगठित गर्दै आन्दोलन अगाडि बढाउने प्रयास औपचारिकता नपाउँदै विफल बनेको छ । मोर्चाको नेतृत्व कसले गर्ने र पूर्वराजा ज्ञानेन्द्र शाहको विश्वासपात्र को बन्ने भन्ने विषयमा राजावादीहरूबिच नै तीव्र मतभेद देखिएको छ ।
राजतन्त्र पुनर्स्थापनाका लागि अहिले राप्रपा, राप्रपा नेपाल, विवादास्पद व्यवसायी दुर्गा प्रसाईं र पूर्वमन्त्री केशरबहादुर विष्टको समूह सतहमा आए पनि एजेन्डा र आन्दोलनको नेतृत्वलाई लिएर उनीहरूबिच ठुलो विवाद छ । उनीहरू सबैले आफ्नो दल वा समूहको नेतृत्वमा राजतन्त्र पुनर्स्थापनाको आन्दोलनमा जोड दिँदै एकले अर्काका नेतृत्व स्वीकार गर्न नसकिने अभिव्यक्ति दिएका छन् ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ