काठमाडौँ । कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले प्रतिनिधिसभामा क्षमायाचना गरेका छन् । यौन व्यवसाय खुला गरी पर्यटन प्रबर्धन गर्नुपर्ने भनी दिएको अभिव्यक्तिलाई लिएर घिमिरेले माफी मागेका हुन् ।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुमा नै समय लिएर प्रमुख सचेतक घिमिरेले माफी मागेका हुन् ।
‘चैत ३ गते विशेष समयमा व्यक्त गरेको धारणा सांसदको हैसियतले विशेष सन्दर्भमा राखेको व्यक्तिगत धारणा हुन् । यो धारणा नेपाली कांग्रेस र संसदीय दलको आधिकारीक धारणा पनि होइन,’ घिमिरेले भने, ‘यी विचारहरूले सम्मानित संसद्का सदस्यहरू र अन्य जनसमुदायमा समेत केहि नकरात्मक प्रभाव परेको भए म उहाँहरूको सम्मान गर्दै उहाँहरूसँग क्षमायाचना गर्न चाहन्छु धन्यवाद ।’
प्रतिनिधिसभाको बैठबमा विशेष समय लिएर बोलेका घिमिरेले देशमा रोजगारी सिर्जना र आर्थिक विकासका लागि यौन व्यवसायलाई खुला गर्नुपर्ने प्रस्ताव राखेका थिए । धार्मिक पर्यटकले पैसा खर्च नगर्ने र त्यसले देशको अर्थतन्त्रमा टेवा नदिने भएकाले अब यौन व्यवसायलाई खुला गर्न ढिलो गर्न नहुने उनको भनाइ थियो । धार्मिक पर्यटकभन्दा यौन पर्यटनबाट देशलाई फाइदा रहेको उनको भनाइ थियो ।
प्रमुख सचेतक घिमिरेको उक्त भनाइको प्रतिनिधिसभा र कांग्रेसको पदाधिकारी बैठकमा आलोचना भएको थियो ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’