‘प्रेस चौतारी नेपाल’ नामक पत्रकारहरूको संगठन नेकपा एमालेप्रति झुकाव राख्ने पत्रकारहरू आवद्ध संस्था हो । २०५५ सालमा विजय चालिसे नेतृत्वमा अग्रज पत्रकार तथा लेखक अग्नि शिखा, बरिष्ठ पत्रकार गोपाल थपलिया लगायत तीन दर्जन अग्रज पत्रकारहरूको पहलकदमीमा प्रेस चौतारी नेपालको जन्म भयो । विजय चालिसे साहित्यकार, लेखक र गोरखापत्रको सम्पादक बनिसकेका पत्रकार हुन् ।
शुभेच्छुक संगठनका रुपमा रहेको प्रेस चौतारी अहिले नेकपा एमालेको जनवर्गिय संगठनमा रुपान्तरित भएपछि पार्टीका नेताहरूको प्रत्यक्ष दबाब बढेको छ । अहिले प्रेस चौतारीमा सदस्यहरुले नेतृत्व चुन्न पाउँदैनन् । लगातार दोस्रो पटक जिल्ला तहसम्मै नेताहरूले नेतृत्व चुनिदिएका छन् ।
जिल्ला जिल्लामा पार्टीका नेताहरुको अनावश्यक हस्तक्षपले गोजीका मान्छे सदस्यहरुको भावना विपरित पदमा नियुक्त गरिएको गुनासो व्याप्त छ । प्रेस चौतारीको मूल नेतृत्व नै जिल्लाहरूमा पार्टीको हस्तक्षेप टुलुटुलु हेर्दै मौन बस्न बाध्य देखिएका छन् । अधिवेशन गर्न केन्द्रीय नेतृत्व जिल्लामा पुग्छन् तर त्यहाँका पार्टी नेताहरुले सदस्यहरुको भावना नबुझी मनलाग्दी ढंगले नेतृत्व चयन गरेको जिल्ला जिल्लाका चौतारीकर्मीले सार्वजनिक रुपमै लेखेको देखिन्छ ।
यसैबीचमा आज पार्टी हस्तक्षेपलाई स्वीकृत गर्दै प्रेस चौतारीका ईञ्चार्ज राजेन्द्र गौतमले प्रेस चौतारीका पत्रकारहरुलाई पत्रकार महासंघ जस्तो यो संस्थालाई नठान्न भनेका छन् ।
नेकपा एमालेका प्रचार विभाग प्रमुख गौतमले विराटनगरमा आइतबार सुरू प्रेस चौतारी नेपालको दशौँ महाधिवेशन उद्घाटन समारोहमा बोल्दै एमाले निकटहरूको महाधिवेशन भएकाले कोही पनि आफूखुसी उफ्रिएर हिँड्न नहुने बताए ।
‘अहिले यहीँ महाधिवेशन स्थलमा केही केही साथीहरू एक बित्ता उफ्रिएर पैरवी गरिरहेका छन् । नेतृत्वमा पुग्ने इच्छा छ भन्ने कुरा पनि होला । तर प्रेस चौतारीको नेतृत्व चयनमा पार्टीसमेत इन्भल्भ हुन्छ ।’, उनले भने, ‘सबैले ख्याल गरौँ, यो नेपाल पत्रकार महासंघको चुनाव होइन । हामी सहमतिबाटै नेतृत्व चयन गर्छौँ, म प्रेस चौतारी नेपालको इन्चार्ज पनि हो । प्रेस चौतारीको नेतृत्व चयनमा पार्टीको चासो हुन्छ। यो कुरा तपाईँहरू सबैले मनन गर्नुहोला ।’
त्यो प्रेस चौतारी, यो प्रेस चौतारी
प्रेस चौतारी पेशागत संगठन भएपनि पार्टी नेताहरूले चौतारीमा जोडिएका सदस्यहरूलाई कार्यकर्ता झैँ सोच्दा व्यवसायिक पत्रकारिता गर्ने पत्रकारहरु भने चौतारीबाट टाढिने खतरा बढेको छ ।
पत्रकारलाई नागरिकले स्वतन्त्र देख्न चाहन्छन् । खुलेआम कार्यकर्ता बनेर प्रस्तुत हुँदा नागरिकले पत्रकार ठान्दैनन्, कार्यकर्ता नै ठान्छन् । र, यसको सबैभन्दा बढी घाटा पार्टीलाई नै हुन्छ, किनकी उनीहरुको पत्रकारितालाई समाजले पत्याउँदैन । समाजका अगाडि साँच्चै पत्रकारका रुपमा उनीहरुको पहिचान बन्नुपर्ने र प्रस्तुत हुनुपर्ने हुन्छ । अनि मात्र उनीहरुका लेख र समाचारलाई समाजले पत्याउँछ र साँच्चै पत्रकार ठान्छ ।
यसतर्फ नेताहरुले नसोचेमा व्यवसायिक पत्रकारहरुले अब चौतारीको सदस्यता नविकरण नगर्न सक्नेतर्फ पार्टी नेताहरु सचेत रहनुपर्ने चौतारीमा रहेका व्यवसायिक पत्रकारहरु बताउँछन् । नत्र, कार्यकर्ता नै बन्ने हो भने चौतारीमा आबद्ध भइरहनै परेन । पार्टी कमिटीबाटै अघि बढ्दा फाइदा हुन्छ भन्ने तर्फ नेताहरुले सोचून् भन्ने उनीहरुको अपेक्षा छ ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ