विराटनगर । सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीमा विवाद देखिएको छ । विराटनगरमा आजदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामै विवाद भएको हो ।
महाधिवेशन लोकतान्त्रिक पद्धतिअन्तर्गत निर्वाचनमार्फत सम्पन्न गराउन भन्दै हस्ताक्षर अभियात सुरु भएको छ ।
आइतबार कोशी प्रदेश राजधानी विराटनगरमा उद्घाटनपछि बन्दसत्र सुरु हुनुअघि सहभागी प्रतिनिधिहरुले नेतृत्व चयनका लागि चुनाव हुनुपर्ने मागसहित हस्ताक्षर अभियान चलाएका हुन् ।
पार्टीको निर्णय भन्दै केन्द्रीय कमिटीको नाम टाँस्ने केही नेताहरुले बताइरहेका बेला उपस्थित प्रतिनिधिहरुले त्यसलाई स्वीकार नगर्ने र लोकतान्त्रिक विधिबाट नै सार्वभौम प्रतिनिधिको स्वविवेकमार्फत नेतृत्व छान्न पाउनुपर्ने भन्दै अभियान चलाएका हुन् ।
चौतारीको अध्यक्षका लागि उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घाेषणा गरेका छन् । महाधिवेशस्थल विराटनगरका होटल मनास्लु इन परिसरमै ठुलो ब्यानरमा र लिखित कागजमै राई पक्षले हस्ताक्षर अभियान चलाइरहेका छन् ।
अध्यक्षबाट ब्याक हट्न राईलाई नेताको निर्देशन
महाधिवेशन उद्घाटनका क्रममा महासचिव शङ्कर पोखरेलले त सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशनसमेत दिएका थिए । यसअघि चौतारीको महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली आउने प्रचार गरिएको थियो । अन्तिम समयमा आफू नआएर ओलीले महासचिव पोखरेललाई पठाएर उनै मार्फत सहमतिमा नेतृत्व चयन गर्न दबाब पनि दिएको बताइएको छ ।
९औं महाधिवेशनमा राई र पाण्डे दुवै अध्यक्षको दाबेदार थिए । त्यसबेला गणेश बस्नेत नै दाहोरिएपछि राई र पाण्डे उपाध्यक्ष नै बसे । १०औं महाधिवेशनअघि पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो । तर, फागुन २८ गते सचिवमा मनोनीत भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्ने भन्दै चैत ८ गते सचिवबाट राजीनामा दिए ।
ओलीले यसअघि नै उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएको सार्वजनिक भएको थियो । तर, अर्का उपाध्यक्ष राजेश राईले चुनावी प्रतिस्पर्धाबाटै छिनोफानो हुनुपर्ने भन्दै अध्यक्षमा दाबी गरिरहेका छन् ।
एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सँगै राखेर अध्यक्षका आकाङ्क्षी राईलाई ब्याक हुन निर्देशन दिएका छन् । ‘तपाईं अध्यक्षबाट ब्याक हट्नुपर्यो । पार्टीको निर्णय मान्नु पर्यो,’ ढकालले राईलाई भनेका थिए । जवाफमा राईले ‘आफू पार्टीको निर्णय मान्न तयार भएको तर, सुरुको निर्णय कार्यान्वयन हुनुपर्ने’ भनेको स्रोतले दाबी गरेको छ । नेताहरूको टिमले भने निर्णय परिवर्तन भइरहने र पार्टीले परिवर्तन गरेको निर्णय पनि मान्नुपर्ने बताएका थिए ।
सम्बन्धित खबर
अर्थमन्त्रीको बोलीमा ‘दुई तिहाइ’ को दम्भ
परराष्ट्रमन्त्री खनाल आइतबार चीन जाँदै, भारत भ्रमणमा जस्तो सीमाबारे चुप नबस्न ओलीको सुझाव
आफूमाथि प्रश्न गर्ने सांसदलाई अर्थमन्त्रीको चेतावनी- तपाईंहरूका काण्ड पनि खुल्नेछन्
एमाले अध्यक्ष ओली अस्पताल भर्ना
बालेननिकट नेतासँग कोशी प्रदेश सभापतिमा हारेपछि सरिनले छाडिन् रास्वपा
घर भत्काइएका सुकुम्बासीसँग गृहमन्त्री सुधनले माफी मागे
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ