काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई सही बाटोमा हिँड्न सुझाव दिएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय स्वयंसेवक भेलालाई सम्बोधन गर्दै नयाँ शक्ति भनेर हतियार उठाएर मान्छे मारेर थकित तत्त्वहरूका पसिना पुछ्न हिँडेको तर्क गरे ।
रास्वपा आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राखेको विपक्षी दलको बैठकमा सहभागी भएको थियो । विद्युत् प्राधिकरणबाट कुलमान घिसिङलाई हटाउने निर्णयको विरोधमा रास्वपा पनि उत्रिएपछि ओलीले नयाँ भन्नेहरू सिक्ने क्रममै रहेको बताए ।
उनले थपे, ‘नयाँ पार्टीहरू सिक्दैछन्, गलत नगर्न सही बाटोमा हिँड्न सुझाव छ। ती हतियार उठाएर थाकेका, क्रान्ति गर्छु भनेर अनेक मच्चाएर, उपद्रो मच्चाएर कति मान्छे मारेर, मराएर थकित तत्त्वहरूका पसिना पुछ्न किन जानुपर्यो ? आफूलाई नयाँ शक्ति भन्छ।’
उनले प्रचण्डलाई लक्षित गर्दै नेकपाकालको दुई तिहाइ भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने तत्त्वहरूको रूपमा चित्रण गरे ।
प्रचण्डले कुलमानलाई हटाउने निर्णय सत्य नहोस् भन्ने लेखेको स्ट्याटसप्रति कटाक्ष गर्दै भने, ‘मैले यस्तो कुरा सुनेँ, थाहा पाएँ, यो कुरा गलत होस्, केके न थाहा पाएजस्तो, मैले सुनेको असत्य होस्। कुनै महान् ठूलो कुराजस्तो, होइन रहेछ भने नत्र, भन्दिन चाहन्छु चिसै पानीले नुहाउनुहुन्छ । हाम्राविरुद्ध मोर्चाबन्दी छ दुई तिहाइ भएको पार्टी फुटाउने, प्रगतिशील सरकार ढाल्ने, यिनै तत्त्वहरू हुन् ।’
सरकारले एउटा कर्मचारी हटाउँदा छाती पिटीपिटी रोए
प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा छाती पिटिपिटी रोएको टिप्पणी गरे । उनले विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने निर्णयप्रति भइरहेको आलोचनालक्षित गर्दै सो टिप्पणी गरेका हुन् ।
यस विषयमा जवाफ दिइरहनु नपर्ने उनले जिकिर गरे । ओलीले भने, ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटाइयो, अर्को नियुक्ति गरियो । सक्कियो । त्यही हो जवाफ । उहाँहरूलाई सहयोग हुने उहाँहरूले जो भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन ।’
उनले नेपाली जनताले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैसँग नभएको प्रष्ट्याए ।
‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरूले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ,’ उनले भने, ‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादितरुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।
यही चैत १८ गतेभित्र अध्यादेशहरूलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेको भन्दै उनले चिन्ता जनाए ।
विपक्षीलाई आग्रह गर्दै प्रधानमन्त्रीले भने, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईँहरू । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईँहरू चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’
कार्यक्रममा महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे बोलेका थिए ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने