काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टीआरसीसँग कुलमान साटेको आरोपको खण्डन गरेका छन् ।
बुधवार प्रतिनिधिसभा परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यो आरोप बेइमानीपूर्ण र आपराधिक प्रचार बाहेक केही नहुन स्पष्ट पारे । यद्यपी आरोप भने राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले लगाएका थिए ।
प्रमुख प्रतिपक्ष दलको नेतासमेत रहेका उनले प्रधानमन्त्री केपी ओलीको नियतमाथि प्रश्न उठाए ।
‘प्रचण्डले टीआरसीसँग कुलमान साट्यो ! योभन्दा झुटो, योभन्दा बेइमानीपूर्ण आपराधिक प्रचार केही हुनसक्छ । सिंहदरबार गएर टीआरसी लगत्तै गर्नुपर्ने केही बाध्यता थिएन । त्यसले मलाई फेरि स्वर्ग र नर्क सम्झायो । फेरि एकचोटी जालझेल मलाई महसुस भएको छ । एक दुई दिन पर्खेको भए पनि हुन्थ्यो ?’, ओलीको नियतमाथि प्रश्न उठाउँदै प्रचण्डले भने ।
सोमबार सिंहदरबारमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादीको बैठकले सङ्क्रमणकालीन न्याय(टीआरसी) सिफारिस समिति गठन गर्ने निर्णय लगत्तै ओलीले मन्त्रिपरिषद् बैठक राखेर नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरी हितेन्द्रदेव शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको थियो ।
यसै विषयलाई लिएर राप्रपाका सांसद तथा प्रवक्ता ज्ञानेन्द्र शाहीले प्रचण्डमाथि गम्भीर आरोप लगाएका थिए । प्रचण्डले कुलमानलाई हटाएको विषयमा प्रधानमन्त्रीले रोष्टममा आएर जवाफ नदिएसम्म हाउस चल्न नसक्ने बताएका छन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
एलपी ग्यास प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ भन्दा बढीमा बेच्न नपाइने