पोखरा। गण्डकी प्रदेश सभामा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको विहिबारको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन् ।
सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशमा भवन निर्माण, तथा बस्ती विकास गर्ने कार्यलाई सुविधायुक्त, सुरक्षित र जोखिममुक्त बनाई नागरिक जीवन सुरक्षित बनाउन, मौलिक पहिचान झल्किने, भवन निर्माणको मापदण्ड र बर्गीकरण गर्ने कार्यको नियमन गर्न, परम्परागत बस्तीको पहिचान र अभिलेखीकरण, बर्गीकरण, बस्ती/ एकीकृत बस्तीको निर्माण, जोखिममा रहेको बस्ती स्थान्तरण गर्न र बस्ती विकास कोषको व्यवस्था यो विधेयकमा रहेको उल्लेख गरे ।
विधेयकले सार्वजनिक भवन निर्माण, प्रयोग, मर्मत साम्भार सम्बन्धमा व्यवस्था गरिनुका साथै जग्गा विकास वा भवन एकिकरण सम्बन्धमा समेत व्यवस्था गरिएको विषयलाई समेटेको मन्त्री केसीले बताए ।
उक्त विधेयकलाई सरकारले विज्ञ टोली, प्राविधक लगाएतको सल्लाह सुझावमा तयार गरेर सदनमा प्रस्तुत गरेको भनाई उनको छ ।
विधेयक सैद्धान्तिक छलफलपछि विषयगत समितिमा पठाइने छ, जसका क्रममा आवश्यक संशोधनहरू हुन सक्ने बताइएको छ । छलफलका क्रममा माननीयज्युहरूले राखेका धारणा प्रति सरकार सकरात्मक रहेको र हामी सबै सदस्यहरुको सक्रिय सहभागिताले विधेयकलाई अझ उत्कृष्ट, जनमुखी र विकासोन्मुख बनाउने मन्त्री केसीले उल्लेख गरे ।
सम्बन्धित खबर
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
गण्डकी प्रदेश प्रमुख भट्टसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेस
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा