पोखरा। गण्डकी प्रदेश सभामा भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि सैद्धान्तिक छलफल भएको छ । प्रदेश सभाको विहिबारको बैठकमा सांसदहरुले आफ्नो धारणा राखेका छन् ।
सैद्धान्तिक छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाश बहादुर केसीले भवन निर्माण तथा बस्ती विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकले प्रदेशमा भवन निर्माण, तथा बस्ती विकास गर्ने कार्यलाई सुविधायुक्त, सुरक्षित र जोखिममुक्त बनाई नागरिक जीवन सुरक्षित बनाउन, मौलिक पहिचान झल्किने, भवन निर्माणको मापदण्ड र बर्गीकरण गर्ने कार्यको नियमन गर्न, परम्परागत बस्तीको पहिचान र अभिलेखीकरण, बर्गीकरण, बस्ती/ एकीकृत बस्तीको निर्माण, जोखिममा रहेको बस्ती स्थान्तरण गर्न र बस्ती विकास कोषको व्यवस्था यो विधेयकमा रहेको उल्लेख गरे ।
विधेयकले सार्वजनिक भवन निर्माण, प्रयोग, मर्मत साम्भार सम्बन्धमा व्यवस्था गरिनुका साथै जग्गा विकास वा भवन एकिकरण सम्बन्धमा समेत व्यवस्था गरिएको विषयलाई समेटेको मन्त्री केसीले बताए ।
उक्त विधेयकलाई सरकारले विज्ञ टोली, प्राविधक लगाएतको सल्लाह सुझावमा तयार गरेर सदनमा प्रस्तुत गरेको भनाई उनको छ ।
विधेयक सैद्धान्तिक छलफलपछि विषयगत समितिमा पठाइने छ, जसका क्रममा आवश्यक संशोधनहरू हुन सक्ने बताइएको छ । छलफलका क्रममा माननीयज्युहरूले राखेका धारणा प्रति सरकार सकरात्मक रहेको र हामी सबै सदस्यहरुको सक्रिय सहभागिताले विधेयकलाई अझ उत्कृष्ट, जनमुखी र विकासोन्मुख बनाउने मन्त्री केसीले उल्लेख गरे ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’