पोखरा । चैत्र १४ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहीं चैत १६ गते शनिबार हुने वृहत रक्तदान कार्यक्रमको तयारी पूरा भएको छ ।
रक्तदान कार्यक्रमलाई भव्य बनाउदै रक्तदातालाई यसतर्फ उत्प्रेरित गर्नको लागि निरन्तर आयोजना गरिदै आएको रेडियोका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले बताए । रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘जीवन बचाउन रक्तदान गरौँ’ भन्ने नाराको साथमा २३ औं वृहत खुला रक्तदान कार्यक्रम आयोजना गरेको मल्लले खुलाए ।
रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरू गठन गरेर तयारी अगाडि बढाइरहेको बुधबार रक्तदान कार्यक्रमका संयोजक आरजु बिष्ट ‘सल्यानी’ले बताए । उनले शनिबार बिहान ७ बजेबाट रेडियोको प्राङ्गणमा आयोजना हुने रक्तदान कार्यक्रममा सहभागी बन्दै रेडियोको अभियानलाई साथ दिनका आग्रह समेत गरेका छन् । रेडियोले २०५८ सालदेखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

स्थापना कालदेखि हालसम्म ७ हजार ७ सय ३ युनिट रगत सङ्कलन गरिसकेको प्रचार प्रसार संयोजक राजाराम पौडेलले जनाए । गत वर्षको संस्करण २ सय ७ युनिट रगत संकलन भएको थियो । सबैको साथ सर्पोटले कार्यक्रम सफल बन्ने कार्यक्रम व्यवस्थापक नारायण पौडेलको विश्वास छ ।
रक्तदान कार्यक्रममा नेपाल बैक लिमिटेड, नेपाल बिमा प्राधिकरण, नबिल बैक लिमिटेड, श्री स्टिल इन्डष्ट्रिज, गुहेश्वरी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैक, लायन्स क्लब अफ टुरिजम सिटी पोखरा, बराल फिड इन्डष्ट्रिज, डाबर नेपाल प्रालि, सीजी फुड्स प्रालि, तालबाराही फार्मेसी, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर, रेजिना अफसेट प्रेस, सलिको इन्सुरेन्स लिमिटेड, नेलम्बो नेपाल, बाराही बेकरी प्रालि, पेन्गुइन ड्रिङकिङ वाटर, रियो फ्रुट्स लगायतले सहयोग गरेको कार्यक्रम व्यवस्थापक पौडेलले जनाए ।
सम्बन्धित खबर
औषधि बजारलाई व्यवस्थित बनाउनु पर्दछः प्रदेश प्रमुख भट्ट
दुई प्रदेश जोड्ने राम्दी पुल निर्माण अन्तिम चरणमा
जंगली कुखुरा मार्न गएका बेनीका युवकको भीरबाट लडेर मृत्यु
चार वर्षमै अर्जुनचौपारीको शिक्षा क्षेत्रमा ठूलो फड्को
स्याङ्जामा बालबालिकालाई सारङ्गी सिकाइँदै, जोगाइँदै मौलिक संस्कृति
भरुवा बन्दुकसहित एक वृद्ध पक्राउ
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)