पोखरा । चैत्र १४ रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्ज र पोखरा इन्टरनेटको संयुक्त आयोजनामा यहीं चैत १६ गते शनिबार हुने वृहत रक्तदान कार्यक्रमको तयारी पूरा भएको छ ।
रक्तदान कार्यक्रमलाई भव्य बनाउदै रक्तदातालाई यसतर्फ उत्प्रेरित गर्नको लागि निरन्तर आयोजना गरिदै आएको रेडियोका स्टेसन म्यानेजर सञ्जय कुमार मल्लले बताए । रेडियोले सामाजिक उत्तरदायित्व अन्तर्गत ‘जीवन बचाउन रक्तदान गरौँ’ भन्ने नाराको साथमा २३ औं वृहत खुला रक्तदान कार्यक्रम आयोजना गरेको मल्लले खुलाए ।
रक्तदान कार्यक्रमलाई सफल बनाउन विभिन्न समितिहरू गठन गरेर तयारी अगाडि बढाइरहेको बुधबार रक्तदान कार्यक्रमका संयोजक आरजु बिष्ट ‘सल्यानी’ले बताए । उनले शनिबार बिहान ७ बजेबाट रेडियोको प्राङ्गणमा आयोजना हुने रक्तदान कार्यक्रममा सहभागी बन्दै रेडियोको अभियानलाई साथ दिनका आग्रह समेत गरेका छन् । रेडियोले २०५८ सालदेखि नियमित रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।

स्थापना कालदेखि हालसम्म ७ हजार ७ सय ३ युनिट रगत सङ्कलन गरिसकेको प्रचार प्रसार संयोजक राजाराम पौडेलले जनाए । गत वर्षको संस्करण २ सय ७ युनिट रगत संकलन भएको थियो । सबैको साथ सर्पोटले कार्यक्रम सफल बन्ने कार्यक्रम व्यवस्थापक नारायण पौडेलको विश्वास छ ।
रक्तदान कार्यक्रममा नेपाल बैक लिमिटेड, नेपाल बिमा प्राधिकरण, नबिल बैक लिमिटेड, श्री स्टिल इन्डष्ट्रिज, गुहेश्वरी फाइनान्स, ग्रीन डेभलपमेन्ट बैक, लायन्स क्लब अफ टुरिजम सिटी पोखरा, बराल फिड इन्डष्ट्रिज, डाबर नेपाल प्रालि, सीजी फुड्स प्रालि, तालबाराही फार्मेसी, फिस्टेल हस्पिटल एण्ड रिसर्च सेन्टर, रेजिना अफसेट प्रेस, सलिको इन्सुरेन्स लिमिटेड, नेलम्बो नेपाल, बाराही बेकरी प्रालि, पेन्गुइन ड्रिङकिङ वाटर, रियो फ्रुट्स लगायतले सहयोग गरेको कार्यक्रम व्यवस्थापक पौडेलले जनाए ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
मुक्तिनाथ मन्दिरमा दशैंको टीका
दसैँमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी
एमालेको एक्शनः ३० लाख ‘घुस डिल’को आरोप लागेका पूर्व स्वास्थ्यमन्त्री पाण्डेमाथि कारबाही गर्न सिफारिस
स्याङ्जामा ४७ वर्षीय पुरुष मृत फेला
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा बडादशैंको शुभकामना व्यक्त
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन