पोखराको पालिखेचोकस्थित प्रतिभा माविका १२ कक्षाका विद्यार्थीलाई शुक्रबार बिदाई गरिएको छ । कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीका लागि विदाई कार्यक्रम आयोजना गरिएको हो ।
कक्षा ११ का विद्यार्थीको संयोजनमा भएको उक्त कार्यक्रमको विद्यालय संचालक समितिका अध्यक्ष नारायण पौडेलले उद्घाटन गरेका थिए ।

उक्त अवसरमा अध्यक्ष पौडेलले अहिलेका लागि बिदाई गरिएपनि विद्यालयसँगको सम्बन्ध अटुट रहेको बताए ।
विदाई भई जाने विद्यार्थीलाई शुभकामना दिँदै अध्यक्ष पौडेलले अहिलेको मेहनतले भविश्यमा सफलता हात पर्ने बताए । ‘अबको केही समय विद्यार्थीले मेहनत गर्ने हो भने त्यसको परिणाम भविश्यमा देखिनेछ,’ उनले भने ।

विद्यालयका प्राचार्य किरण सापकोटाले एकपटक प्रतिभा माविसँग सम्बन्ध जोडिएपछि विद्यार्थीको प्रतिभासँगको सम्बन्ध सधैका लागि रहिरहने बताए । प्रतिभामा बिताएको २ वर्षको अवधिले विद्यार्थीलाई मात्र नभई विद्यालयलाई पनि उर्जा मिलेको उनले बताए ।
‘बिदाई भई जाने विद्यार्थीले विद्यालयका लागि कहिल्यै नमेटिने उर्जा दिएका छन् । विभिन्न परीक्षा र अतिरिक्त क्रियाकलापमा देखाएको उर्जा र हात पारेको उपलब्धीले विद्यालयलाई योगदान पुगेको छ,’ उनले भने, ‘प्रतिभाका लागि मात्र नभई समग्र मुलुकका लागि पनि प्रतिभा तयार भएका छन् ।’

विद्यालयसँगको औपचारिक यात्रा सकिएपनि विद्यालयसँगको निकटता सधैंका लागि रहिरहने प्राचार्य सापकोटाले बताए ।
‘जीवनको जति नै सुधै उचाइँमा पुगेपनि अभिभावक र विद्यार्थीलाई कहिल्यै भुल्नु हुँदैन,’ उनले भने, ‘विदाई भई जाने विद्यार्थी विद्यालयका लागि सम्पत्ति हुनेछन् ।’ परीक्षाको अन्तिम तयारीमा रहेका विद्यार्थीले थप मेहनत गरेर आगामि दिनमा उत्कृष्ट रिजल्ट पस्केनमा आफु आशावादी रहेको उनले बताए ।

कक्षा ११ का विद्यार्थी विशाल खत्रीले भविश्य उज्जवल बनाउनका लागि अग्रजले देखाएको बाटोले आगामी पुस्तालाई सहज हुने बताए । १२ का समीर सुवेदीले प्रतिभाले शिक्षा मात्र नभई जीवन जिउने कला पनि दिएको बताए ।

विदाई कार्यक्रममा संचालक समिति अध्यक्ष पौडेल, प्राचार्य सापकोटा सहित संचालक सदस्य, विभागीय प्रमुख लगायतले विद्यार्थीलाई विदाई गरेका थिए । उक्त अवसरमा कक्षा ११ का विद्यार्थीले विभिन्न सांस्कृतिक कार्यक्रम पस्केर मनोरञ्जन पनि दिलाएका थिए ।


तस्वीरः परिचय

सम्बन्धित खबर
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
एसओएस गण्डकीमा वार्षिक पुरस्कार वितरण
कक्षा १२ को परीक्षाको नतिजा सार्वजनिक
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो