पोखरा । पोखरामा आयोजित वाडा अटो शोको अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको छ । चैत १४ देखि अमरसिंहचौरमा अटो शो जारी छ । दोस्रो दिन शुक्रबार मेला परिसरमा रक्तदान कार्यक्रम आयोजना गरियो । सो अवसरमा ३५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक छबि गौतमले जानकारी दिए ।
लायन्स क्लब अफ पोखरासँग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको वाडाका अध्यक्ष दिपेन्द्र कोइरालाले जानकारी दिए । नाडाका निबर्तमान अध्यक्ष ध्रुव थापाको प्रमुख आतिथ्यतामा रक्तदान सम्पन्न भएको हो । लायन्सका पिडिजी योगेन्द्र प्रधान लगायतले पोखरामा अटो शो आयोजना हुनु राम्रो कामको सुरुवात भएको बताए ।
पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनको आयोजनामा जारी अटो शो चैत १७ सम्म चल्नेछ । अटो शोमा दर्शकहरुको आकर्षण देखिएको प्रचारप्रसार संयोजक तथा वाडाका महासचिव विनय थापाले जानकारी दिए ।
अटो शोमा विद्युतीय चारपाँग्रेतर्फ बिवाइडी, एक्स्पेङ, काई, दीपल, हुन्डाई, टाटा, एमजी, स्काइवेल, रिडारा, सेरेस, ओमोडा, जेको, सिट्रोन, जिकर, नामी, किया, लिपमोटरले स्टल राखेका छन् । आइसतर्फ टोयोटा, सुजुकी, किया, इसुजु, निशान, महिन्द्रा, लगायतका गाडीहरुको पनि सहभागिता छ । हुन्डाईले इभीसँगै आइस गाडीलाई पनि सोकेस गरेको छ । दुईपाँग्रेतर्फ एथर, टिभिएस, यामाहा, बजाज, ट्राइम्प, रोयलइन्फिल्ड लगायतका ब्राण्डले दर्शकलाई आकर्षित गरेका छन् ।
त्यसैगरी कामा, न्यु गो नाउ, स्काइवर्थ, हाइगर र डङफेङ लगायतका लाइट कमर्सियल गाडीहरुको स्टल पनि अटो शोमा छन् । अटो शोमा २–पाङग्रे, ४–पाङग्रेसहित लाइट कमर्शियल, वित्तीय संस्था, इन्स्योरेन्स, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरण, फुटकोट लगायत कम्पनीहरुको स्टल छन् । गाडी खरिद गर्न चाहने ग्राहकलाई लक्षित गरी स्पट एक्स्चेन्ज तथा फाइनान्सिङको सुविधा पनि उपलब्ध छ ।
अटो शोमा अवलोकनकर्ताले खल्ती वालेटबाट टिकट बुकिङ गर्न सक्नेछन् । टिकट शुल्क सय रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ कायम गरिएको छ । आर्थिक चलायमान बनाउन र अटोमोबाइल क्षेत्रलाई थप गतिशील बनाउन अटो शोले सकारात्मक योगदान गर्ने आयोजकको विश्वास छ ।
वाडा अटो शोको सहप्रायोजकमा बि एण्ड बि ग्रुप, सपोर्टेड बाइमा अटोमेकानिका, बैंकिङ पार्टनरमा ग्लोबल आइएमई बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स कम्पनी लिमिटेड, टिकेटिङ पार्टनरमा खल्ती, डोर प्राइज स्पोन्सरमा बन्दीपुर केबलकार, हस्पिटालिटी पार्टनरमा होटल शारा, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिट्को प्रालि, ट्राभल पार्टनरमा स्विफ्ट होलिडेज, हस्पिटल पार्टनरमा मनिपाल हस्पिटलले साथ दिएका छन् । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले प्रवद्र्धक रहेर साथ दिएका छन् ।
सम्बन्धित खबर
‘प्रथम वालिङ सडक खाना महोत्सव’ भोलि एक दिन थपिने
बिरुवा राष्ट्रपति रनिङ शिल्डको उपाधि भुरुङचौकी माविलाई
फेदीखोलामा नदीजन्य पदार्थ उत्खनन र ओसारपसार गर्ने दुई ट्याक्टर नियन्त्रण
सडक खाना महोत्सवका अवसरमा वालिङमा सार्वजनिक बिदा
प्रदेश प्रमुखबाट उधौली पर्व, यःमरि पुन्ही, धान्यपूर्णिमा तथा ज्यापु दिवसका अवसरमा शुभकामना सन्देश
११ वर्षीया बालिकालाई करणी गरेका फरार अभियुक्त पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’