पोखरा । गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपश्चात एक्साभेटरले खाल्टो खनेर गाड्ने श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ।
१९ वर्षीया श्रीमती विमला कट्टेललाई घुम्न जाउँ भनी चैत्र १५ गते इलामको फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोपस्थित दाहाल गोलाईस्थित जंगलमा लगेर हत्या गरेपश्चात एक्साभेटरले खाल्डो खनेर गाड्ने कार्यमा संलग्न फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरीका २५ वर्षीय उमेश गिरीलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार, एक्साभेटर चालक गिरीले उक्त दिन श्रीमतीको हत्या गरेर खाल्टो खनी गाडेपश्चात चैत्र १ गते प्रहरी चौकी आमचोकमा पुगेर श्रीमती विमला कट्टेल हराएको भन्दै खोजीका लागि निबेदन दिएका थिए।
घटना शंकास्पद भएको भन्दै प्रहरीले श्रीमान उमेश गिरीलाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको थियो।
प्रहरीले अनुसन्धान पछि गिरीले गर्भवती श्रीमतीलाई जंगलमा लगेर हत्या गरेपश्चात एक्साभेटरले खाल्टो खनेर गाडेको खुलेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख एसपी एकनारायण कोइरालाले जानकारी दिए।
विमलाको शव चैत्र १५ गते फाकफोकथुम गाउँपालिका वडा नम्बर २ धार्नेखोप स्थित दाहाल गोलाईबाट गाडेको अवस्थामा प्रहरीले उत्खनन गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय इलामका प्रवक्ता सञ्जीव बोगटीका अनुसार, एक्स्काभेटर चालक रहेका उमेश गिरीले गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्याई, मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर हत्या गरेपछि एक्स्काभेटरले नै खाल्डो खनेर शव गाडेका थिए।
सम्बन्धित खबर
यत्रो आन्दोलनबाट आएको सरकारले सिकेको छैन भने सिकून्, क्षमता भएन कि विवेक भएन कि के भएन ?: मिराज ढुंगाना
निर्मला पन्त घटनाबारे सांसदले सोधेको प्रश्नमा गृहमन्त्रीले भने- हजुरहरू सत्तामा हुँदाखेरि किन नगर्नुभएको यो ?
कांग्रेस आधिकारिकता विवादमा सर्वोच्चले दियो सुरूबाटै पुनरावलोकन अनुमति
संसदमा कालो चस्मा लगाउन नपाइने, लोगो पनि अनिवार्य
निम्सदाइसहित चार पर्वतारोहीको शव ब्रोड पिकबाट बेस क्याम्पमा झारियो
यी हुन् मन्त्रिपरिषद् बैठकका ७ निर्णय
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो