काठमाडौं। राजा फर्काउने हिंसात्मक आन्दोलनको क्रममा भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्।
काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचन क्षेत्र समिति खोटाङका संयाेजक समेत रहेका डा. राजकुमार राई पक्राउ परेका हुन्।
डा. राई राप्रपाका नेताहरुसँग पक्राउ परेका हुन् । प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो। अमेरिकाबाट पिएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशकसमेत रहेको बताइएको छ।
दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाएपछि उनी पक्राउ परेको पत्ता लागेको थियो। खोटाङ रावाबेसी गाउँपालिका-१ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ।
पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिनको समय लिएर थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।
गएको पुस १३ गते राई खोटाङको रास्वपा जिल्ला अध्यक्षमा पराजित भएका थिए। उनी मुकुन्दकृष्ण थापासँग पराजित भएका थिए। रास्वपाले यस घटना बाहिरिएपछि उनी पार्टीको जिम्मेवारीमा नरहेको बताएको छ ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’