नेपाल समाजवादी पार्टीका अध्यक्षका डा. बाबुराम भट्टराईले राजावादीहरूले मरिसकेको राजतन्त्रको भूत जगाएर जनतालाई पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेको बतएका छन्।
सामाजिक सञ्जालमा लेख्दै उनले भने, ‘अहिले देशमा पुनः एक पटक ऐतिहासिक रूपले मरिसकेको राजतन्त्रको भूत जगाएर आफ्नो सामरिक स्वार्थ पूरा गर्ने बाह्य शक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रबाट आफ्नो लूटको स्वर्ग गुमेकोमा मुर्छित आन्तरिक प्रतिगामी शक्तिहरूले कुशासन र अल्पविकासको निरन्तरताबाट विरक्तिएका सर्वसाधारण जनतालाई राजतन्त्र पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेछन्।’
डा. भट्टराईले गत चैत १५ गते काठमाडौँमा प्रदर्शन गरिएको आपराधिक प्रतिक्रान्तिकारी रिहर्सल त्यसैको एउटा कडी भएको जिकिर गरे।
यसैगरी उनले यस सन्दर्भमा कुख्यात दरबार हत्याकाण्ड लगत्तै पछि आफूले लेखेको र २०५८ असार १९ गतेको ‘जनादेश साप्ताहिक’ मा प्रकाशित र लेखसंग्रह (राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र, जनध्वनि प्रकाशन, २०६३ ) मा संकलित आलेख “राजतन्त्रलाई हेर्ने दृष्टिकोणबारे” पुनः चर्चा गरे।
यस्तो छ उनको स्टाटस:
अहिले देशमा पुनः एक पटक ऐतिहासिक रूपले मरिसकेको राजतन्त्रको भूत जगाएर आफ्नो सामरिक स्वार्थ पूरा गर्ने बाह्यशक्ति र संघीय लोकतान्त्रिक गणतन्त्रबाट आफ्नो लूटको स्वर्ग गुमेकोमा मुर्छित आन्तरिक प्रतिगामी शक्तिहरूले कुशासन र अल्पविकासको निरन्तरताबाट विरक्तिएका सर्वसाधारण जनतालाई राजतन्त्र पुनर्स्थापनको विषाक्त ललीपप बाँड्ने कुचेष्टा गरिरहेछन्।
गत चैत्र १५ गते काठमाण्डौमा प्रदर्शन गरिएको अपराधिक प्रतिक्रान्तिकारी रिहर्सल त्यसैको एउटा कडी हो।
यस सन्दर्भमा कुख्यात दरबार हत्याकाण्ड लगत्तै पछि मैले लेखेको र २०५८ असार १९ गतेको ‘जनादेश साप्ताहिक’ मा प्रकाशित र मेरो लेखसंग्रह ( राजतन्त्र र लोकतान्त्रिक गणतन्त्र, जनध्वनि प्रकाशन, २०६३ ) मा संकलित आलेख “राजतन्त्रलाई हेर्ने दृष्टिकोणवारे” यहाँ पुनः प्रस्तुत गरेको छु।
सम्बन्धित खबर
स्याङ्जाका ९७ वडामध्ये ९६ मा कांग्रेस नेतृत्व निर्विरोध
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
स्याङ्जाका ८३ वडामा कांग्रेसको वडा अधिवेशन सम्पन्न, १४ वडामा आज
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा