काठमाडौंका प्रशासकीय अधिकृत कार्यालय समयमै महानगर पुगे

सहज प्रवेश

काठमाडौंका प्रशासकीय अधिकृत कार्यालय समयमै महानगर पुगे

शिक्षक-कर्मचारीको तलब निकासाका लागि तोक लगाइदिए

Saroj-Guragain

काठमाडौं महानगरपालिकाका शिक्षक-कर्मचारीले अब नियमित तलब पाउने भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ आज कार्यालय पुगेलगत्तै प्रशासकीय अधिकृत गुरागाईँले लामो समयदेखि रोकिएको शिक्षक-कर्मचारीको तलब निकासाका लागि तोक लगाइदिएका छन् । प्रशासकीय अधिकृतको अभावमा महानगरका शिक्षक-कर्मचारीले ३ देखि पाँच महिनासम्मको तलब पाएका थिएनन् ।

गुरागाईँ आज सहजरुपमा कार्यालय पुगे । हिजो विहीबार झैं उनलाई नगर प्रहरीले रोक्ने प्रयास गरेनन् । हिजो प्रशासकीय अधिकृत गुरागाईँ कार्यालय प्रवेश गर्न नदिन मेयर बालेन्द्र साहले नगर प्रहरी उतारेका थिए । तर, महानगरका कर्मचारी र अन्य जनप्रतिनिधिले उनलाई कार्यकक्षमा पुर्‍याएर हाजिर गराइ छाडे । महानगरकी उपमेयर सुनिता डंगोलले समन्वयकारी भूमिका निर्वाह गरेकी थिइन् ।

ह्वील लक खोलिए

प्रशासकीय अधिकृतको गाडीमा लगाइएको ह्वील लक पनि खोलिएको छ । मेयर बालेन्द्र साहको आदेशमा गाडीमा ह्वील लक गरिएको थियो । आजबाट गुरागाईँले यो गाडी प्रयोग गर्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ