राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक महामन्त्री (हाल निलम्बन) डा. मुकुल ढकालले रवि लामिछानेलाई राजनीतिबाट बिदा गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।
‘असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव- रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ। यो प्रस्तावमा नआई सुख छैन। रवि दाइलाई राजनीतिबाट बिदा गरी राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लागौँ। यसले दाइलाई पनि सबै कुरा छोडेर मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ,’ ढकालले फेसबूकमा लेखेका छन्।
उनले अब पार्टी जोगाउने उपाय भने असारको आफ्नो प्रस्तावमा फर्किनु रहेको पनि बताएका छन्। ‘असारमा भनेको कुरा चैत लाग्दासम्म पनि बुझ्न सकेनौँ भने राजनीति के गर्छौँ ? छोडिदिए हुन्छ। अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो। रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मूल्य-मान्यताको राजनीतीलाई न्याय मिल्छ,’ उनले भनेका छन्।
लामिछानेलाई शुक्रबार उच्च अदालत तुलसीपुर बुटवल इजालसले थुनामा पठाएको छ। जिल्ला अदालत रुपन्देहीको फैसलाविरुद्ध उच्च अदालत तुलसीपुर बुटवल इजलास पुगेका लामिछानेलाई थुनामा पठाउने आदेश भएको हो। यसपछि ढकालले उनलाई राजनीतिबाट बिदा दिएर पार्टी निर्माणमा लाग्ने प्रस्ताव गरेका हुन्।
‘रवि दाइ रास्वपाको साधारण सदस्यबाट पनि स्वतः निलम्बित भए’
ढकालले सभापति रवि लामिछानेको पार्टी सदस्यता स्वतः समाप्त भएको बताएका छन्। सहकारी ठगी प्रकरणमा पक्राउ परेसँगै लामिछानेको पार्टी सदस्यता बाँकी नरहेको रास्वपाका निलम्बित महामन्त्री ढकालको दाबी छ।
सामाजिक सञ्जाल एक्समा मुकुल लेख्छन्, ‘विधानतः रवि दाइ राष्ट्रिय स्वतन्त्र पार्टीको साधारण सदस्यबाट पनि स्वत: निलम्बित भएका छन्।’
रास्वपाको विधान अनुसार भ्रष्टाचार र नैतिक पतनको अभियोगमा सजाय पाएकालाई सदस्यता अयोग्य हुन्छ। यस्तो योग्यता कायम नरहेमा सदस्यता स्वतः समाप्त हुने उल्लेख छ।

सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सर्वोच्चले भन्यो– ‘सुकुमवासीलाई जबर्जस्ती नहटाउनू’
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’