पोखरा । प्रभु बैंक लिमिटेड गण्डकी प्रदेशले ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ स्थापना गरेको छ। गण्डकी प्रदेशका लघु, साना तथा मझौला उद्यम (एम एसएमई) र उपभोक्ता वर्गलाई लक्षित गरी हब स्थापना गरिएको बैंकले जनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि बैंकका गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हबको उद्घाटन गरेका हुन् । ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ बाट गण्डकी प्रदेशमा लक्षित ग्राहक वर्गलाई अझ सशक्त सेवा प्रदान गर्ने उनले विश्वास व्यक्त गरे । उनले बैंकले प्रस्तुत गरेको यस्तो केन्द्रले उद्यमशीलता प्रवर्द्धनमा सहयोग पु¥याउने र वित्तीय पहुँचमा सहजता ल्याउने कुरामा उनले जोड दिए ।
‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ मार्फत गण्डकी प्रदेशका व्यवसायी तथा उपभोक्ताहरूले लक्षित, छरितो र प्रभावकारी बैंकिङ सेवा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ । हबले विशेष गरी लघु, साना तथा मझौला उद्यमहरूलाई व्यवसाय विस्तार, नयाँ उद्यम स्थापनातथा संचालनमा आवश्यक पर्ने ऋण सुविधा तथा परामर्श सेवा प्रदान गर्ने बताइएको छ । उपभोक्ता वर्गका लागि समेत घर निर्माण, सवारी साधन खरिद, शिक्षा, स्वास्थ्य लगायतका आवश्यकताहरूका लागि विविध ऋण योजना उपलब्ध हुनेछ।
कार्यक्रममा वक्ताहरूले यस्तो केन्द्रको स्थापनाले वित्तीय समावेशीकरण, रोजगारी सिर्जना र समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने उल्लेख गरेका छन् ।
व्यवसाय तथा परियोजना ऋण, उपभोक्ता ऋण (घर, गाडी, शिक्षा, स्वास्थ्य), वित्तीय परामर्श सेवा, द्रुत तथा प्रभावकारी कागजी प्रक्रिया लगायतका सुविधा ‘एसएमई एण्ड कन्जुमर बैंकिङ हब गण्डकी’ बाट प्राप्त हुनेछ ।
सम्बन्धित खबर
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
पुलिसलाई हराउँदै न्यू डायमण्डले जित्यो टाइगर कपको महिलातर्फको उपाधि
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
जनार्दनले ओलीको साथ लिएपछि गोरखामा मिलन चक्रेलाई समर्थन गर्नुपर्ने नैतिक दबाबमा बाबुराम
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो