काठमाडौँ । नेकपा माओवादी केन्द्रले पूर्व उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ लाई आफ्नो उपाध्यक्षमा मनोनीत गरेको छ ।
पार्टी स्रोतका अनुसार, गत १८ र १९ गते बसेको पदाधिकारी बैठकले पुनलाई एकैपटक केन्द्रीय सदस्य, स्थायी समिति सदस्य र उपाध्यक्ष पदमा मनोनीत गर्ने निर्णय गरेको हो ।
‘अस्ति १८ र १९ गते बसेको बैठकले उहाँलाई उपाध्यक्षमा मनोनीत गरेको हो,’ स्रोतले जानकारी दियो । दुई कार्यकालसम्म नेपालको उपराष्ट्रपति पद सम्हालेका पुनले लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन् ।
उपराष्ट्रपति पदबाट बाहिरिएपछि उनी पछिल्लो समय माओवादी केन्द्रका गतिविधि र बैठकहरूमा नियमित सहभागी हुँदै आएका थिए । उनको यो सक्रियताले पार्टीभित्र उनको प्रभाव र महत्वलाई थप प्रष्ट पारेको थियो ।
माओवादी विद्रोहताका डेपुटी कमान्डर भएका उनी शान्ति प्रक्रियासँगै नेपाली सेनामा समायोजनमा नगएर राजनीतिमा लागेर २०७२ मा उपराष्ट्रपति भएका थिए।
माओवादी केन्द्रले पुनलाई उपाध्यक्ष पदमा मात्रै सीमित नराखी उत्पादन क्षेत्रमा काम गर्ने विशेष जिम्मेवारी समेत सुम्पिएको छ । यो जिम्मेवारीले उनको अनुभव र नेतृत्वलाई पार्टीको आर्थिक र उत्पादनमूलक गतिविधिमा उपयोग गर्ने लक्ष्य राखिएको देखिन्छ । पुनको मनोनयनलाई माओवादी केन्द्रभित्रको आन्तरिक संगठन सुदृढीकरणको एक कदमका रूपमा पनि हेरिएको छ ।
पूर्व उपराष्ट्रपतिको सुविधा लिएरै राजनीतिक दलको उपाध्यक्ष बनेपछि आलोचना पनि भइरहेको छ ।
सक्रिय राजनीतिमा रहँदा पासाङ माओवादी केन्द्रबाट सबैभन्दा कम राजनीतिक लाभ पाउने नेतामध्येका पर्छन्। उनी सांसद हुन नसकेका थोरै माओवादी नेतामध्येमा पर्छन्। उनी २०६९ सालमा सम्पन्न दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ४ बाट उम्मेदवार बनेका थिए। तर नेपाली कांग्रेसका उम्मेदवार गगन थापासँग पराजित भए।
सक्रिय राजनीतिमा रहँदा उनी विवादमा पनि तानिएनन्। तर उपराष्ट्रपतिको कार्यकालमा उनका छोराहरूका कारण उनी विवादमा तानिइरहे। मुख्य गरी दीपेश पुनका शङ्कास्पद गतिविधिले पासाङलाई विवादमा तानिइरह्यो। सुन तस्करीदेखि सहकारी ठगीसम्म जोडिए दीपेश। उनको अर्को छोरा र बुहारी समेत सुन तस्करीमा तानिए। दीपेश र उनको श्रीमती सहकारी ठगीमा तानिए।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’