सिरहा । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जरासम्म फैलिएको पार्टी भएकाले एमालेलाई कसैले हल्लाउन नसक्ने बताएका छन्।
सिरहा जिल्लाको ११औं अधिवेशनलाई सम्बोधन गर्दै उनले देश र जनताको हितबाहेक एमालेसँग अरु कुनै स्वार्थ नभएकाले देश जोगाउने पार्टी एमाले भएकाले भुलभुलैयामा नलाग्न आग्रह गरे।
‘हाम्रो पार्टीलाई कसैले भित्तामा राख्छौं भने, कसैले धुलो चटाउँछौं भने, कसैले के भने तर एमालेलाई कसैले हल्लाउन सक्दैन भन्ने कुरा हामीप्रति जनताको उत्साहबाट स्पष्ट हुन्छ। मैले विगतमा प्रधानमन्त्री हुँदा सुनकोसी मरिन डाइभर्सन, हुलाकी राजमार्ग, शिक्षा र स्वास्थ्यमा सुधारका कार्यक्रम सुरु गरेँ। मधेसका समस्याहरू मलाई बढी थाहा छ। तिनको समाधानका लागि केन्द्र सरकारको तर्फबाट गर्नुपर्ने कुराहरुमा सरकार प्रतिबद्ध रहेको कुरा आजै मैले मधेस प्रदेशसभाको सम्बोधनमा स्पष्ट गरिसकेको छु,’ उनले भने।
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने स्पष्ट पारे। चैत १५ गतेको अराजक गतिविधिबाट राजतन्त्र पक्षधरको वास्तविकता देखिसकिएकाले आगजनी र तोडफोड गर्ने मान्छेहरूका हातमा शासन नजाने र दिन नहुने उनको भनाइ छ।
‘तपाईँहरु ढुक्क हुनुस्। राजतन्त्र कुनै हालतमा फर्कँदैन। एमाले र कांग्रेसजस्ता पुराना र ठूला पार्टीको सरकारले यो संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ,’ उनले भने।
उनले वर्तमान सरकार चुनावसम्म टसमस नहुने दाबी गरे। ‘अबको १५ महिनापछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु। सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके। यो मजबुद सरकार हो,’ उनले भने। अधिवेशनबाट सर्वसम्मत र परिपक्व नेतृत्व चयन गर्न आग्रह गर्दै अध्यक्ष ओलीले विरोधीलाई देखाउनका लागि प्यानल बनाएर गुटबन्दी गर्नु आवश्यक नभएको बताएका थिए।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण