१० बर्षीया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

१० बर्षीया भागवत वाचिका अनुराधा पाण्डेयले आजबाट गण्डकी कोटिहोममा कथा प्रवचन सुरु गर्दै

anuradha

पोखरा । बालविदूषी अनुराधा पाण्डेयले श्री गण्डकी कोटिहोम कोटिहोम महायज्ञमा आज देखी कथा प्रवचन गर्ने भएकी छन् ।

विश्वकै कान्छि भागवत कथा वाचक पाण्डेयले आज देखी २०८२ बैशाख ५ गते सम्म कथा प्रवचन गर्ने छिन् । आज शुक्रबार दिउँसो १ बजेबाट उनको प्रवचन सुरु हुने छ ।

कोटिहोम महायज्ञका प्रमुख कार्यक्रमहरु बैशाख १७ गतेदेखि सञ्चालन हुने भएतापनि अहिले कोटिहोम महायज्ञका विविध प्रचार प्रसारका कामहरु अगाडी बढेका छन्।

पोखरामा हुन लागेको कोटीहोम महायज्ञमा नेपाल र भारतका प्रख्यात धर्मगुरुहरु आएर कथाबाचन गर्ने एबम कोटीहोमका भक्तजनलाई आशिर्बचन दिने कार्यक्रम रहेको छ। आयोजकले जानकारी दिएको छ ।

पोखरा महानगरपालिका वार्ड नं. १७ बिरौटामा सञ्चालन हुन लागेको ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञको तयारी अन्तिम चरणमा पुगेसंगै अहिले भने प्रचारप्रसारका विविध कार्यक्रमहरु सञ्चालन भइरहेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds