काठमाडौं महानगरका वडाध्यक्षहरूले कार्यपालिका बैठक माग गर्दै मेयर बालेन शाहलाई ज्ञापनपत्र बुझाएका छन्।
१८ जना वडाध्यक्ष र ५ जना कार्यपालिका सदस्यले संयुक्त हस्ताक्षर गर्दै मेयरलाई ज्ञापनपत्र बुझाए पनि अहिलेसम्म सुनुवाइ नभएको उनीहरूले बताएका छन् ।र
मेयर शाहको निर्देशनविपरीत प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालयमा हाजिर गराएका उनीहरूले कार्यपालिका बैठक माग गरेका हुन्।
गुरागाईंलाई तीन महिनासम्म कार्यालय प्रवेशमा रोक लगाएर काठमाडौं महानगरको आर्थिक गतिविधि ठप्प पारेको लगायत विषयमा प्रश्न उठाउने कार्यपालिका बैठक माग गरेका हुन्।
स्थानीय सरकार सञ्चालन ऐनले कार्यपालिका बैठक डाक्ने र त्यसको अध्यक्षता गर्ने जिम्मेवारी मेयरलाई दिएको छ। महिनाको एकपटक कार्यपालिका बैठक बस्नुपर्ने व्यवस्था ऐनमा छ। मेयर शाहले भने पुसदेखि बैठक डाकेका छैनन्।
प्रमुख प्रशासकीय अधिकृतको विवाद सुरू भएदेखि नै कार्यपालिका बैठक नडाकिनुले मेयरमाथि शंका उब्जिएको वडाध्यक्षहरू बताउँछन्।
मेयरको हठका कारण महानगरले भोग्नुपरेको समस्याबारे प्रश्न उठाउन आफूहरूले कार्यपालिका बैठक माग गरेको वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले बताए।
‘उहाँ अझै आफ्नो गल्ती मान्न तयार हुनुहुन्न। कार्यपालिका बैठकसमेत नडाकी हामी वडाध्यक्षहरूलाई गुमराहमा राख्न खोज्दै हुनुहुन्छ,’ उनले भने । कार्यपालिका बैठक माग गर्न गएका वडाध्यक्षहरूको सिसिटिभी फुटेज काँटछाँट गरेर बदनाम गर्न खोजिएको विषयमा पनि मेयरसँग जबाफ माग्ने उनले बताए।
‘ज्ञापनपत्र बुझाउन जाँदा हामीले मेयरसँग सवा घन्टा छलफल गरेका थियौं। तर उहाँको सचिवालयले १८ सेकेन्डको फुटेज सार्वजनिक गरेर हामी वडाध्यक्षहरूको मानमर्दन गर्न खोज्यो।’ वडाध्यक्ष संगतले भने।
मेयरका स्वकीय सचिव भूपदेव शाहले दिएको अभिव्यक्तिबारे पनि कार्यपालिका बैठकमा प्रश्न उठाउने उनले बताए। ‘स्वकीय सचिव मर्यादित हुनुपर्छ। आफूलाई जे मन लाग्यो त्यही बोल्ने अधिकार उहाँलाई कसले दियो?’ उनले भने ।
महानगरका प्रवक्ता तथा वडा नम्बर १७ का अध्यक्ष नवीन मानन्धरले भने– ‘महिनामा एकपटक भए पनि बोलाउनुपर्ने कार्यपालिका बैठक तीन महिनासम्म डाकिएको छैन। यसरी बैठक नबोलाउनु भनेको अवैधानिक हो,’ उनले भने, ‘आममानिसमा धेरै गुनासा छन्। धेरै विषयमा छलफल गर्नुछ। तर मेयरले जिद्दीपन देखाएर कार्यपालिका बैठक बोलाएका छैनन्। फेसबुकमा लेखेर मात्र महानगर चल्दैन।’
मेयरको सचिवालयले १८ सेकेन्डको भिडिओ सार्वजनिक गरेर वडाध्यक्षहरूलाई बदनाम गर्न खोजेको उनले बताए।
‘मेयरकै मिटिङ हलमा बसेको बैठकबाट १८ सेकेन्डको भिडिओ काटेर हामीलाई बदनाम गर्न खोजियो,’ उनले भने, ‘त्यो कुनै गोप्य कोठामा भएको छलफल थिएन। उहाँहरूले जे सार्वजनिक गर्नुभयो त्यो टिजर मात्र हो, पूरा फिल्म हामी देखाउँछौं।’
सम्बन्धित खबर
चामलमै ११ थरी विषादी, लामो समय जोगाउन विषादीको अत्याधिक प्रयोग
एक सय रुपैयाँभन्दा बढीको सामान ल्याउँदा अनिवार्य भन्सार तिर्नुपर्ने सरकारको निर्णय
सरकारी कर्मचारीलाई अब १५/१५ दिनमा तलब
सुकुम्बासीको उठिबास र विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति आपत्ति
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
पूर्वराजारानी पोखरा भ्रमणमा आउँदै
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?