कांग्रेस र एमालेको संयन्त्र बैठकपछि गृहमन्त्रीले भने: दुई दलमा कुनै समस्या छैन

राजनीति

कांग्रेस र एमालेको संयन्त्र बैठकपछि गृहमन्त्रीले भने: दुई दलमा कुनै समस्या छैन

सेवा प्रवाहमा सुधार भएको दावी

ramesh lekhak

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सत्तारुढ दुई नेकपा एमाले र नेपाली कांग्रेसबीच कुनै समस्या नभएको प्रष्ट पारेका छन् ।

बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘हाम्रा बीचमा कुनै समस्या छैन । सरकार र दुई दलमा समस्या भयो कि भन्ने जे आइरहेको छ । यस्तो कुनै समस्या छैन,’ मन्त्री लेखकको भनाई छ ।

उनले दुई दलबिच नियमित र राम्रो छलफल भइरहेको भन्दै सरकारको कार्यशैलीका बारेमा उठेका प्रश्नमा कुनै टिप्पणी नभएको भन्दै आर्थिक सुचकांक र सेवा प्रवाहमा सुधार भएको दावी गरे ।

मन्त्री लेखकले राष्ट्र बैंकको गभर्नर नियुक्तीका विषयमा पनि कुनै समस्या नरहेको बताए ।

मन्त्री लेखकले शिक्षकका समस्या सम्बोधनबारे सरकारले गृहकार्य गरेर संसदबाट टुंग्याइने बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ