चितवनबाटै प्रधानमन्त्रीको प्रचण्डलाई जवाफ- नलाग्नू सरकार फेरिने हल्लैको

राजनीति

चितवनबाटै प्रधानमन्त्रीको प्रचण्डलाई जवाफ- नलाग्नू सरकार फेरिने हल्लैको

‘यो सरकार स्थिर छ, देशमा स्थायित्व स्थापित हुनेछ'

kp oli

चितवन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्लाको पछाडि नलाग्न भन्दै प्रचण्डलाई जवाफ फर्काएका छन् ।

चितवन पुगेका ओलीले इच्छाकामना गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन समारोहमा बोल्दै नयाँ वर्षको दिन माओवादी अध्यक्षले चितवनबाटै ०८२ सालसँगै सरकार फेरिने भनेर दिएको अभिव्यक्तिको जवाफ दिएका हुन् ।

‘यो सरकार स्थिर छ । देशमा स्थायित्व स्थापित हुनेछ । नेपाली कांग्रेस र नेकपा एमाले पुराना, ठूला, देशमा बलिदान गरेर इतिहास बोकेका पार्टी किन संयुक्त भए ? हामी संयुक्त प्रयासबाट देशमा स्थायित्व र स्थिरता कायम गरी देशको विकास गर्न जरुरी छ भनेर एक पार्टी एक ठाउँमा आएका हुन्’, उनको प्रष्टीकरण थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds